शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
धर्म संस्कृति
  • गृहपृष्ठ
  • धर्म संस्कृति
  • जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको रौनक, लाखौं श्रद्धालुको भीडले भरि भराउ मिथिलाञ्चल (भिडियाे सहित)
जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको रौनक, लाखौं श्रद्धालुको भीडले भरि भराउ मिथिलाञ्चल (भिडियाे सहित)
घनश्याम मिश्र, जनकपुर
घनश्याम मिश्र, जनकपुर मंगलबार, मंसिर ९, २०८२
A1 Beakery Add A1 Beakery Add

मिथिलाको राजधानी जनकपुरधाम यतिबेला भगवान् राम र सीताको ऐतिहासिक विवाहपञ्चमी महोत्सवले जनकपुर धर्म−संस्कृतिको रंगमा रंगिएको छ ।

शहरका चोक, गल्ली र मठमन्दिरहरूमा ‘आजु मिथिला नगरिया नेहाल सखिया…’ जस्ता लोकधुन गुञ्जिरहेका छन्, जसले यहाँको उत्सवको ताताेपना अझै बढाइदिएको छ । देशभरिबाट र भारतका बिहार–उत्तर प्रदेश क्षेत्रबाट आएका लाखौँ श्रद्धालुले शहर खचाखच भरिएको छ ।

होटल भरिए, पण्डाल र नगरवासीकाे घर घरमा श्रद्धालुको वास

साताव्यापी विवाहपञ्चमी महोत्सवका कारण जनकपुरका होटलहरू दिनहुँजसो ‘हाउसफल’ भएका छन् । कोठा नपाउने श्रद्धालुहरू जानकी मन्दिर परिसरमा लगाइएकाे पण्डालमा बसिरहेका छन् । स्थानीयहरूले पनि आफ्ना घर, धर्मशाला र सामुदायिक भवनहरूमा श्रद्धालु भक्तजनहरूकाे सेवाका लागि खुला गरेका छन् ।

स्थानीयका अनुसार विवाहपञ्चमी जनकपुरवासीका लागि केवल धार्मिक पर्व मात्र नभइ, पहिचान, गौरव र सांस्कृतिक अस्तित्वसँग जोडिएको उत्सव बनेकाे छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

मिथिलाको संस्कृति - जनकपुरको तयारी

सात दिनसम्म चल्ने विवाहपञ्चमी महोत्सवका प्रत्येक दिन पृथक विधि, झाँकी र धार्मिक कर्मकाण्डले जनकपुरमा उत्सवको लय निरन्तर चलिरहेकाे छ । जानकी मन्दिर ‘बेहुली’ पक्ष बन्छ भने राम मन्दिर ‘बेहुला’ पक्ष बन्छ । महन्थ रामतपेश्वर दासका अनुसार, “छोरीको विवाहजस्तै तयारी गर्छौं । कहिलेकाहीँ बिदाइको कल्पनाले नै आँसु आउँछ ।”

राम मन्दिरका महन्थ राम गिरीले भने दशरथ राजा बनेर रामको जन्तीको नेतृत्व गर्ने भूमिकालाई ‘पूर्वजन्मको पुण्य’ मान्छन् । महोत्सवमा विभिन्न विधिका लाखौँ सहभागी हुने भएकाले सुरक्षा संयन्त्र उच्च सतर्कता अपनाइएकाे छ । धनुषाका प्रहरी उपरिक्षक रुगमबहादुर कुँवरका अनुसार विवाह पञ्चमिका लागि १४ सय नेपाल प्रहरी, ७ सय सशस्त्र प्रहरी र सादा पोसाकका तालिमप्राप्त प्रहरी लगायत परिचालन गरिएकाे छ । भीड नियन्त्रण, ट्राफिक व्यवस्थापन र अपराध नियन्त्रणका लागि विशेष संयुक्त रणनीति लागू गरिएको छ । स्थानीय युवा क्लबहरूले स्वास्थ्य शिविर, हराएकाहरूका लागी भेटाउने केन्द्र र स्वयंसेवक सेवा लगायतकाे सेवा सञ्चालन गरिरहेका छन् ।

सात दिनको महोत्सव यसरी बढ्छ अगाडि 

पहिलाे दिन नगर दर्शन : त्रेता युगमा राम–लक्ष्मण र गुरु विश्वामित्र सीताको स्वयंवरका लागि जनकपुर आएका स्मरणमा नगर दर्शन गराइन्छ । जानकी मन्दिर परिसरमा रामायणकालीन मिथिलाको प्रतिरूप समेत निर्माण गरिन्छ ।

दाेश्राेदिन फूलबारी लीला : राम र सीताको पहिलो जम्काभेटको स्मरणमा ऐतिहासिक विवाहमण्डप क्षेत्रमा फूलबारी लीला आयोजना हुन्छ । राम–जानकीका झाँकीले वातावरण काव्यमय बन्छ ।

तेश्राे दिन धनुष यज्ञ : रंगभूमि मैदानमा हुने धनुष यज्ञमा हजारौं श्रद्धालु उपस्थित हुन्छन् । शिवधनुष उठाएर सीतालाई वरण गर्ने ‘योग्य वर’ को प्रतीकात्मक कथा यही दिन पुनः अवतरित गरिन्छ ।

चाैथाे दिन तिलकोत्सव : जानकी मन्दिरबाट राम मन्दिरमा फलफूल, मिष्टान्न र पाहुर बोकेर जाने परम्परागत कार्यक्रम गरिन्छ । यसदिन महिलाहरूले मिथिलानी गीत, हास्य र परिहासका माध्यमबाट माहोल झनै रमाइलो बनाउँछन् ।

पाचाैँ दिन मटकोर : गंगासागर पोखरीबाट बिहेको वेदी बनाउन आवश्यक माटो लिएर शोभायात्रा निकालिन्छ । झाँकी, नाचगान र बाजागाजाले शहर उत्सवमय बन्छ ।

छठाै दिन स्वयंवर र विवाह : सबैभन्दा भव्य दिन । रंगभूमि मैदानमा राम र सीताको स्वयंवर सम्पन्न हुन्छ । साँझ जानकी मन्दिरमा वैदिक परम्पराअनुसार विवाह सम्पन्न हुन्छ । लाखौँ श्रद्धालु उपस्थित भइरहन्छन् ।

साताैँ दिन राम कलेवा (जन्ती बिदाइ) : अन्तिम दिन राम मन्दिरमा जन्तीलाई परम्परागत भोजन खीर, मिठाई, मौहक खुवाएर दक्षिणा दिई बिदाइ गरिन्छ । राम–लक्ष्मणसहित चार भाइको प्रतीकका रूपमा चार बालकलाई भोजन गराइने विशेष परम्परा आजसम्म निरन्तर छ ।

विवाहपञ्चमी महोत्सवका थप व्यवस्थापन

जनकपुरधाममा हरेक वर्ष पाँच–सात लाखभन्दा बढी भक्तजन आउने गरेका छन् । यस वर्ष यो संख्या १० लाख नाघ्ने नगरपालिकाको अनुमान रहेकाे छ । जनकपुर–जयनगर रेल यातायातमा विशेष चाप छ । घरेलु तथा भारतीय पर्यटकका कारण जनकपुर विमानस्थलमा उडान संख्या बढाइएको छ ।

बजारमा आर्थिक रौनक ः पातभाङ्गा, मखाना, मिठाई, माछा, माटाकाम, मखमली र मधुवनी चित्रकलाको बिक्रीले बजार अत्यधिक सक्रिय बनेको छ ।

मिथिलाको शान—संस्कृति र आस्थाको संगम ः विवाहपञ्चमी केवल धार्मिक कार्यक्रम मात्र होइन, मिथिलाको कला, संस्कृति, भेषभूषा, भाषा र भावनाको अनन्त धरोहर हो । जनकपुरमा अहिले आस्था, श्रद्धा, संस्कृति र पर्यटन चुलिँदै छ, जसमा सिङ्गो शहर दुलही–दुलहा स्वागतका रंगमा रङ्गिएको छ ।

भिडियाे सामाग्री

 

 


प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १४:४७
#नेपाल समाचार #जनकपुरधाम #राम मन्दिर #जानकी मन्दिर #धार्मिक पर्यटन #मिथिला संस्कृति #विवाहपञ्चमी #राम–सीता विवाह #स्वयंवर #धनुष यज्ञ
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप धर्म संस्कृति
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती बिहीबार, असोज २९, २०८३
बडादसैंको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै
बडादसैंको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै बिहीबार, असोज २९, २०८३
दसैँको अवसरमा वीरगंजस्थित  गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ?
दसैँको अवसरमा वीरगंजस्थित गहवामाई मन्दिरमा भक्तजनको सुरक्षा र सहज दर्शनका लागि कस्तो छ तयारी ? सोमबार, असोज २६, २०८३
कुनै बेला दसैँको सन्देश दिने ढोल आज किन मौन छ?
कुनै बेला दसैँको सन्देश दिने ढोल आज किन मौन छ? सोमबार, असोज २६, २०८३
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना
वीरगंजमा १ सय ५१ मिटर लामो चुनरी यात्रा, गहवामाई मन्दिरमा विशेष पूजाअर्चना आइतबार, असोज २५, २०८३
बडादसैँ आजदेखि सुरु, घरघरमा घटस्थापना गरिँदै
बडादसैँ आजदेखि सुरु, घरघरमा घटस्थापना गरिँदै आइतबार, असोज २५, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP