पोखरिया नगरपालिकामा चालू आर्थिक वर्षको बजेट उपयोगबारे प्रश्न उठेका छन् ।
नगरपालिकाले सार्वजनिक गरेको मासिक फाँटवारीले बजेटको ठूलो भाग अनावश्यक शीर्षकमा खर्च भएको देखाएको छ ।
नगरपालिकाको चालू आर्थिक वर्षको जम्मा बजेट रु ६९ करोड ३५ लाख ५५ हजार रहेकोमा चैत मसान्तसम्ममा रु ३१ करोड २३ लाख ९७ हजार १६४ मात्र खर्च भएको छ । रु २३ करोड ९९ हजार बाँकी रहेको छ ।
तथापि खर्चको विवरण अनुसार अधिकांश बजेट जथाभावीरूपमा खर्च गरिएको प्रमाण फाँटवारीमा भेटिएको छ ।
विशेषगरी तालीम, मसलन्द, गाडी मर्मत, आर्थिक सहायता जस्ता शीर्षकमा १० करोडभन्दा बढी खर्च भएको देखिन्छ । चालू आवमा पेश्की रकम मात्र रु ३५ करोड २८ लाख ९२ हजार भइसकेको छ र बिल सङ्कलन प्रक्रिया जारी रहेको छ ।
चैत महीनाको मासिक फाँटवारी अनुसार:
खानेपानी संरचना निर्माणमा रु १० लाखमध्ये रु ९ लाख ९९ हजार १० खर्च ।
जग्गा विकास कार्यमा रु ४५ लाखमध्ये रु ३१ लाख खर्च ।
विपद् व्यवस्थापन, राहत तथा पुनस्र्थापनामा रु २० लाखमध्ये रु १९ लाख खर्च ।
अन्य सहायतामा रु २० लाखमध्ये रु १० लाख खर्च ।
धार्मिक तथा सांस्कृतिक सहायतामा रु ५ लाखमध्ये रु ३ लाख खर्च ।
कार्यक्रम खर्चमा रु ६९ लाखमध्ये रु १३ लाख खर्च ।
सूचना प्रणाली तथा सफ्टवेयर सञ्चालनमा रु ५ लाखमध्ये रु ४ लाख ९७ हजार खर्च ।
अन्य कार्यालय सञ्चालनमा रु १ करोड ७५ लाखमध्ये रु १ करोड ६ लाख खर्च ।
मसलन्दमा रु १३ लाख ६० हजारमध्ये रु ११ लाख १७ हजार खर्च ।
मेशिनरी मर्मतमा रु ५ लाखमध्ये रु ४ लाख ४२ हजार खर्च।
सवारीसाधन मर्मतमा रु १० लाखमध्ये रु ९ लाख ९९ हजार खर्च ।
जनप्रतिनिधि पदाधिकारीमा रु ६२ लाखमध्ये रु ५६ लाख खर्च ।
राहत उद्धार शीर्षकमा रु ५ लाख सबै खर्च ।
अन्य सहायता रु १५ लाखमध्ये रु १० लाख खर्च ।
सभा सञ्चालन खर्चमा रु १० लाखमध्ये रु ९ लाख ९९ हजार खर्च ।
विविध खर्चमा रु २६ लाखमध्ये रु २५ लाख ९९ हजार खर्च ।
भ्रमण खर्चमा रु ५ लाख ९२ हजार सबै खर्च ।
योजना अनुगमन मूल्याङ्कनमा रु ५ लाख सबै खर्च ।
कार्यक्रम खर्चमा रु २७ लाखमध्ये रु २६ लाख ९८ हजार खर्च ।
कर्मचारी तालीममा रु ३ लाखमध्ये रु २ लाख ९८ हजार खर्च ।
सफ्टवेयर जडानमा रु ८ लाखमध्ये रु ७ लाख ९७ हजार खर्च ।
अन्य कार्यालय खर्चमा रु १२ लाखमध्ये रु ११ लाख ९९ हजार खर्च ।
पत्रपत्रिका तथा सूचना प्रकाशनमा रु १५ लाख सबै खर्च ।
मेशिनरी औजार मर्मतमा रु १५ लाखमध्ये रु १४ लाख ९९ हजार खर्च ।
सवारी मर्मतमा रु ११ लाखमध्ये रु १० लाख ९९ हजार खर्च ।
कार्यालय इन्धनमा रु १५ लाखमध्ये रु १४ लाख ९९ हजार खर्च ।
इन्धन पदाधिकारीमा रु २० लाखमध्ये रु १९ लाख खर्च ।
जानकारहरूका अनुसार वैशाख र जेठ महिनामा आगलागी, बाढी, कटान र डुबानको सम्भावना रहँदा यस्तो ठूलो खर्च सही समयमा भएको छैन भन्ने प्रश्न उठेको छ ।
नगरपालिका स्रोतले खर्चको अधिकांश रकम पेश्कीको रूपमा दिइसकिएको जनाएको छ र हाल बिल सङ्कलन प्रक्रिया भइरहेको छ ।
तर पालिकाको खर्च गर्ने प्रक्रियाको पारदर्शिताबारे अनुसन्धानको आवश्यकता रहेको देखिन्छ ।