शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
your add here your add here
धर्म संस्कृति
  • गृहपृष्ठ
  • धर्म संस्कृति
  • धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै हेटौंडाको भुवनेश्वर महादेव मन्दिर
धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै हेटौंडाको भुवनेश्वर महादेव मन्दिर
वीरगंज सिटी
वीरगंज सिटी बिहीबार, जेठ २८, २०८३
A1 Beakery Add A1 Beakery Add

काठमाडौँस्थित पशुपतिनाथ मन्दिरको झल्को दिने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ मा रहेको भुवनेश्वर महादेव मन्दिर क्षेत्रलाई प्रमुख धार्मिक तथा पर्यटकीय तीर्थस्थलका रूपमा विकास गरिएको छ ।

पशुपतिनाथकै स्वरूपमा निर्माण गरिएको करिब १० कठ्ठा ७ धुर क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा नवग्रह, हनुमान, सरस्वतीलगायत देवीदेवताका मूर्तिहरूका साथै अतिथि गृहसमेत रहेको छ ।

विसं २०४२ सालमा निर्माण गरिएको उक्त मन्दिरमा पशुपतिनाथकै जस्तै पूजाविधि तथा परम्परा अपनाइएको मन्दिरका पूजारी पवन घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार दर्शनार्थीहरूले मूल मूर्तिसम्म नपुगी बाहिरबाट नै पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ ।

विशेष पर्वहरू जस्तै शिवरात्रिमा यहाँ दैनिक २० हजारभन्दा बढी भक्तजन आउने गरेका छन् । भक्तजनको सुरक्षाका लागि दीप तथा धुप प्रज्वलनको व्यवस्था पश्चिम–दक्षिण भागमा गरिएको छ । मन्दिर व्यवस्थापनले पर्वका दिनमा पश्चिमद्वारबाट प्रवेश र पूर्वीद्वारबाट बहिर्गमनको व्यवस्था गरेको छ भने अन्य दिन आवश्यकताअनुसार प्रवेशद्वार सञ्चालन गरिन्छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

मङ्सिर, पुस र माघ महिनामा बिहान ५ बजेदेखि १० बजेसम्म तथा बेलुका ४ बजेदेखि ६ बजेसम्म मन्दिर खुला रहने व्यवस्था छ । अन्य महिनामा बिहान ४ बजेदेखि १० बजेसम्म र बेलुका ५ः३० बजेदेखि ७ बजेसम्म खुला रहने व्यवस्था गरिएको छ ।

भक्तजनबाट संकलित भेटी तथा सटर भाडा नै मन्दिर सञ्चालनको मुख्य स्रोत हो । परिसर उपयोग तथा विशेष पूजाका लागि सेवा शुल्क पनि निर्धारण गरिएको छ । खुला चौर प्रयोगका लागि ५०० रुपैयाँ, भजन–कीर्तन हलका लागि १ हजार, यज्ञ मण्डपका लागि १ हजार ५०० रुपैयाँ, विशेष पूजा तथा लघु रुद्रीका लागि २ हजार १११ रुपैयाँ, लाखबत्ती, पास्नी तथा स्वयंवरका लागि १ हजार १११ रुपैयाँ शुल्क तोकिएको छ ।

मन्दिर परिसर व्यवस्थापनका लागि भूवनेश्वर सेवा समितिले २०६८ सालदेखि ११ बुँदे नागरिक बडापत्र लागू गर्दै आएको छ । समितिका अध्यक्ष जगन्नाथ पाण्डेका अनुसार दर्शनार्थीका लागि आवास सुविधा पनि उपलब्ध छ, जसका लागि प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क लिने गरिएको छ । भवन निर्माणका लागि वागमती प्रदेश सरकारबाट ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको उनले जानकारी दिनुभयो ।

मन्दिर परिसरमा सोमबार, शुक्रबार, शनिबार तथा एकादशीका दिन विशेष भजन–कीर्तन हुने गर्दछ । बढ्दो भक्तजनको उपस्थितिलाई ध्यानमा राख्दै थप कुर्सी व्यवस्थापन आवश्यक रहेको सल्लाहकार हरि रिजालले बताउनुभयो । पहिले दुव्र्यसनीको अखडा जस्तो रहेको यो स्थान अहिले प्रमुख धार्मिक केन्द्रका रूपमा विकसित भएको अध्यक्ष पाण्डेले बताउनुभयो ।

मन्दिर क्षेत्रमा इन्टरनेट सुविधाका लागि नेपाल टेलिकममार्फत निःशुल्क वाइफाइको व्यवस्था गरिँदैछ । साथै, यहाँ दैनिक योग तथा जीवन विज्ञानका कक्षा पनि सञ्चालन हुँदै आएका छन् ।

भिडियाे सामाग्री

प्रकाशित मिति: बिहीबार, जेठ २८, २०८३  १४:१४
#मकवानपुर #शिवमन्दिर #हेटौंडा #धार्मिक पर्यटन #भुवनेश्वर महादेव मन्दिर #पशुपतिनाथ झल्को #नेपाल धार्मिक स्थल #भजनकीर्तन #आध्यात्मिक केन्द्र
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप धर्म संस्कृति
मधेसमा मृत्यु भोजको परम्परा : शोकसँगै परिवारमाथि आर्थिक भार
मधेसमा मृत्यु भोजको परम्परा : शोकसँगै परिवारमाथि आर्थिक भार मंगलबार, कात्तिक १०, २०८३
महासप्तमीमा फूलपाती भित्र्याइयो, जिराभवानीमा व्रतालुलाई जुस र पानी वितरण
महासप्तमीमा फूलपाती भित्र्याइयो, जिराभवानीमा व्रतालुलाई जुस र पानी वितरण शनिबार, असोज ३१, २०८३
फूलपातीको रौनक शक्तिपिठहरु भक्तजनको घुइँचो (तस्बिरहरू)
फूलपातीको रौनक शक्तिपिठहरु भक्तजनको घुइँचो (तस्बिरहरू) शनिबार, असोज ३१, २०८३
पूर्वराजाको दसैं सन्देश : स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा लागौं
पूर्वराजाको दसैं सन्देश : स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा लागौं शुक्रबार, असोज ३०, २०८३
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती बिहीबार, असोज २९, २०८३
बडादसैंको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै
बडादसैंको पाँचौँ दिन आज स्कन्दमाताको पूजा गरिँदै बिहीबार, असोज २९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर
अन्तिम संस्कार गरेर बीमा रकमसमेत बुझिसकेपछि जिउँदै फर्किए पदमबहादुर वीरगंज सिटी
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ
भिसा दुरुपयोगको आरोपमा क्रिश्चियन मिशनका लागि शिविर चलाउने १० विदेशी पक्राउ वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा,  छपकैयामा सर्न महानगरको निर्देशन
वीरगंजमा अव्यवस्थित थोक बजार हटाउन २१ दिनको समयसीमा, छपकैयामा सर्न महानगरको निर्देशन वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : पीडितको जाहेरीमा लुटपाट तथा अपहरणको आरोप, प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गर्दै (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू)
गादीमाई साझेदारी वनको तेस्रो साधारण सभा सम्पन्न, छठपछि १० हजार फलफूलका बिरुवा बाँड्ने अध्यक्ष गद्दीको घोषणा (तस्बिरहरू) वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ?
भुटनदेवी मन्दिर परिसरमा सरसफाइ र खानेपानीको अवस्था कस्तो छ ? भक्तजनका गुनासा सम्बोधन गर्न सम्बन्धित निकायले के गरिरहेका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP