हिजोंआज खानेपानी मन्त्री प्रदिप यादव खानेपानीको उद्घाटन कार्यक्रममा व्यस्त छन् । उनका सामाजिक संजाल फेसबुक पोस्ट हेर्ने हो भने उनको व्यस्तता कस्तो भन्ने करा प्रष्टै देखिन्छ ।
हरेक दिन जसाे उनले खानेपानीको उद्घाटन गर्छन् र सामाजिक संजालमा तस्विरहरु पोस्ट गर्दै खुशी व्यक्त गर्छन् । उनको पोस्टमा प्रशंसाको कमेन्ट समेत आउँछन् । वैशाख २९ गते सोमबार पनि बाराको कलैया उपमहानगरपालिका–८ स्थित खपरताता खानेपानी आयोजनाको उद्घाटन गरे । सोमबारै कलैयाको वडा नं. १५, २६ र २७ मा खानेपानी आयोजनाको सिलन्यास गरे । जुन उनले सामाजिक संजाल फेसबुकमार्फत जानकारी गराइसकेका छन् ।
त्यसअघि गत २७ गते शनिबार एकैदिन आफ्नै गृहजिल्ला वीरगंज महानगरपालिकाको दुई स्थानमा खानेपानी योजनाको उद्घाटन गरे, वडा नम्बर ३० को लालपर्सामा र ३१ को सोलखपुरमा ।
१५ वर्ष पुरानो यो सोलखपुरको खानेपानी आयोजना करिब २ करोड ९३ लाखमा निर्माण सम्पन्न भएको र यसबाट ७ सय परिवारले उपभोग गर्न पाउँने भन्दै मन्त्री यादवले सामाजिक संजालमै खुशी पनि व्यक्त गरेका छन् । तर उपभोक्ता समिति र स्थानीयहरुले नै पानी नअाउने तर सम्पन्न गरिसकेको योजनालाई उद्घाटन गरेर प्रसंशा बटुल्ने काम गरेको भन्दै उनको विरोध समेत गरिरहेका छन् ।
काम गर्ने उपभोक्ता समिति, जस लिने मन्त्री
सोलखपुर खानेपानी आयोजना २०७६/०७७ सालमै सुरुवात गरिएको थियो । ओभरहेड ट्याङ्कि मिलन चोकका अर्यालको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर बोरिङ्ग लगाउनेदेखी टंकी बनाउनेसम्मको काम भएको थियो ।
तर खानेपानी सञ्चालन नभएपछी २०७९ सालमा स्थानीय गणेश खाव थारुको अध्यक्षतामा सोलखपुर खानेपानी सरसफाई उपभोक्ता समिति गठन गरियो ।
समितिले आर्थिक वर्ष २०७९/८० मा खानेपानीबाट पाइप मगायो । तर बजेटको अभाव भएपछि जडान नगरि त्यतिकै राखियो । उपभोक्ता समितिका सचिव बालेश्वर चौधरीका अनुसार श्रमदानबाटै पाइपलाईन जडान गर्नुपर्ने थियो । तर श्रमदानका लागि कोहि तयार भएनन् । त्यसपछि समितिले वीरगंज महानगरपालिकाका उपमेयर इम्तयाज आलमसंग समन्वय गर्यो । उपमेयर आलमको सहयोगमा जेसबीले गाऊँभरी पाइप बिछ्याइयो ।
उद्यपि पाइप जडान भएपनि सोलखपुरवासीको घरघरमा धाराका लागी जडान गर्नुपर्ने स साना पाइप पुगेको थिएन । “फेरि हामीले उपमेयरसंग सहयोग मग्यौँ, उहाँले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत कामदार पठाउनु भयो” समितिका अध्यक्ष थारुले भने ।

यसरी खानेपानी उपभोक्ता समितिले कहिले महानगरलाई गुहारेर त कहिले श्रमदानबाट सोलखपुरमा खानेपानी ल्यायो तर त्यसको जस पाइरहका छन्, खानेपानी मन्त्री प्रदीप यादवले । खानेपानीका लागि योगदान दिने र त्यसैमा खटिएकाहरुलाई भने जानकारी समेत दिइएको छैन । वडा अध्यक्ष, उपभोक्ता समिति लगायत यसबारे बेखबर छन् । हामीसँग कुनै समन्वय नगरेर उद्घाटन गरेकाे उनकाे अाराेप छ । स्थानीय भन्छन् ‘काम गर्ने कालु, मकै खाने भालु’
वडा नम्बर ३१ का वडा अध्यक्ष जितेन्द्र प्रसाद यादवले कार्यक्रमबारे आफुलाई कुनै जानकारी नरहेको बताए । “कुन हिसाबले उदघाट्न गरियो त्यो हामिलाई केही थाहा छैन, पहिला जुन संरचना थियो जस्ताको त्यस्तै छ, एकदिन अगाडी बाख्रा चरिरहेको थियो” उनले भने “मैले पनी फेसबुकमा देखेको हुँ ।” कुनैपनी याेजना सम्पन्न भइसकेपछि उद्घाटन गर्नुपर्ने हाे । जनताले पानी नखाइ के कारणाले उद्घाटन गरियाे हामीलाइ थाहा छैन् ।
बरु खानेपानीको आयोजनाका लागि निकै सहयोग गरेका उपमेयर आलमले उदघाटन गर्नुपर्ने स्थानीयको भनाई छ । “जसको कुनै योगदान नै छैन् पहिल्यै ठडिएको खानेपानी पिलरमा शिलालेख टाँसेर तामझामका साथ उदघाट्न गरेर जस लिने काम गरेकाे स्थानीयकाे अाराेप छ । उनिहरूका अनुसार एकथोपा पानी घरसम्म पुग्नै नपाई कुनहैसियतले उद्घाटन गरे अच्चम लाग्छ ।
पानी बिनै उद्घाटन
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का मन्त्री यादवले २७ गते शनिबार भव्य रुपमा खानेपानी आयोजनाको उद्घाटन गरे । त्यहाँ उनको नाम समेत भएको शिलालेख राखियो । कयौँ जनतालाई सुविधा पुर्याएको भन्दै सामाजिक संजालमा लेखे । तर नागरिकले भने मन्त्री यादवले भनेजस्तै गरि खानेपानी नपाएको गुनासो गर्छन् ।
सिलालेखमा पर्सा जिल्ला वीरगंज महानगरपालिका ३१ स्थित साेलखपुर खानेपानी अायाेजना, साेलखपुर खानेपानी तथा सरसफाइ उपभाेक्ता समितिबाट नेपाल खानेपानी संस्थानले स्वामित्व हस्तान्तरणा गरिलिइ विधिवत् रूपमा सेवा संचालन गर्न साेलखपुर खानेपानी प्रणालीकाे समुद्घाटन नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदीप यादवज्यूकाे करकमलबाट सु–सम्पन्न भयाे ।
कार्यकालः
इ. प्रमिला देवी शाक्य बज्राचार्य – सचिव, खानेपानी मन्त्रालय
इ. अर्जुन बाबु ढकाल – महाप्रबन्धक, नेपाल खानेपानी संस्थान
इ प्रविण कुमार साह – शाखा प्रमुख, वीरगंज शाखा
इति सम्बत् २०८२ साल वैशाख महिना २७ गते राेज ७ शुभम् ।
लेखिएकाे छ तर स्वामित्व कसले कसबाट लिए उपभाेक्ता समितिलाइ समेत जानकारी नरहेकाे र किन सिलालेख लगाएर उद्घाटन गर्याे त्याे समेत खुलेकाे छैन् । “ट्ंयाकीमा पानी छैन, मोटरमा लाईन छैन, ट्रान्सफरमर पनि जडान गरिएको छैन, न त धारामा पानी सप्लाई भएको छ” न ट्ंयाकीमा पानी गएकाे छ, उपभोक्ता समितिका अध्यक्ष गणाेश खाव थारू भन्छन् “ट्यांकीको एउटा पिलरमा पेन्ट गरेर आफ्नो नाम भएको शिलालेख उद्घाटन गरे ।”
जुन मन्त्री यादवको फेसबुकमा समेत देखिन्छ । यता उपभोक्ता समितिले मन्त्री यादवले गरेको कार्यक्रमले जनताको योगदानको अपमान भएको आरोप लगाएका छन् ।
उता, उद्घाटन कार्यक्रममा मन्त्री यादवले सोलखपुरबासीले अब सफा पानी पाउने दाबी गरेका थिए । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि उपभोक्ताबाट लाग्ने ६ हजारको जडान शुल्कमा ३ हजार छुट दिने घोषणा गरेका थिए ।
भिडियाे सामाग्री