शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
अर्थ बाणिज्य
  • गृहपृष्ठ
  • अर्थ बाणिज्य
  • उपभोग्य वस्तुमा अनिवार्य एमआरपी र लेबलिङ : सरकार कडाईमा, व्यवसायी दबाबमा
उपभोग्य वस्तुमा अनिवार्य एमआरपी र लेबलिङ : सरकार कडाईमा, व्यवसायी दबाबमा एमआरपीमा कडाइ गरेपछि ‘आत्तिए’ व्यवसायी, तत्काल लागु नगराउन ‘लबिङ’
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, जेठ ४, २०८२
A1 Beakery Add A1 Beakery Add

सरकारले स्वदेशी तथा आयातित सबै उपभोग्य वस्तुहरूमा एमआरपी (अधिकतम खुद्रा मूल्य) अनिवार्य गर्ने निर्णयलाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ ।

उपभोक्तालाई ठगीबाट जोगाउन र बजार प्रणालीलाई पारदर्शी बनाउने उद्देश्यले सरकारले एमआरपीसहितको विवरणयुक्त लेबल अनिवार्य गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले छापा अनुगमन तीव्र बनाउँदै बजारमा एमआरपी विना कारोबार गर्ने व्यवसायीहरूलाई जरिवाना गर्न थालेको छ ।

वैशाख महिनामा मात्र २३३ स्थानमा अनुगमन गर्दा ३३ कम्पनीलाई ४५ लाख रुपैयाँभन्दा बढी जरिवाना गरिएको विभागले जनाएको छ ।

व्यवसायीको चासो र आपत्ति

सरकारी सक्रियता बढेसँगै उद्योगी तथा व्यवसायीहरू व्यावसायिक वातावरण विथोलिएको भन्दै आक्रोशित बनेका छन् । निजी क्षेत्रका छाता संगठनहरू — नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल राष्ट्रिय व्यवसायी महासंघ — ले एमआरपी कार्यान्वयन समयअनुकुल नभएको र अव्यवहारिक रूपमा लागू गरिँदैछ भन्ने आरोप लगाएका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल भन्छन्, “नेपालको अर्थतन्त्र सानो छ, आयातित वस्तुहरूमा एमआरपी राख्ने पूर्वाधार छैन । अहिलेको अवस्थामा एमआरपीले मूल्य वृद्धि मात्र निम्त्याउँछ ।” उनका अनुसार व्यवसायीलाई जरिवानाको डर देखाएर हतोत्साहित गर्ने काम भइरहेको छ । उनले प्रारम्भमा आवश्यक वस्तुहरूमा मात्र एमआरपी लागू गर्दै क्रमशः विस्तारित गर्नुपर्ने सुझाव पनि दिए ।

साना व्यवसायीमाथि दबाब ?

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरजकृष्ण वैद्य भन्छन्, “सरकारले बिस्तारै लागू गर्नुपर्छ ।

साना व्यापारीसँग लेबलिङ गर्न छुट्टै कर्मचारी राख्ने स्रोत छैन। यस्तो कडाइले व्यवसायमै संकट आउन सक्छ ।” उनीहरूको माग छ— आयातकर्ताले लेबलिङ गरेर वस्तु बजारमा ल्याउने व्यवस्था होस्, ताकि खुद्रा व्यापारीले फेरि लेबल थप्न नपरोस् । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठ तथा संस्थापक अध्यक्ष नरेश कटुवालले पनि एमआरपी कार्यान्वयन तत्काल रोक्न माग गरेका छन् ।

उनीहरूका अनुसार दर्ता व्यवसायीलाई मात्र कारबाही गरेर कर छली गर्नेहरू उम्कन सक्ने अवस्था सिर्जना हुँदैछ ।

पूर्वका संघहरूको संयुक्त विरोध

वीरगञ्ज, मोरङ, सिद्धार्थ तथा काठमाडौं उद्योग वाणिज्य संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारको निर्णयको खुला विरोध गरेका छन् । उनीहरूले मुलुकको भौगोलिक अवस्थाको कारण मुल्य एकरूपता कायम राख्न असम्भव भएको तर्क गरेका छन् ।

सरकारको पक्ष : कानुन कार्यान्वयन मात्रै

यता वाणिज्य विभागका महानिर्देशक कुमार दाहाल भन्छन्, “संविधानको धारा ४४ र उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम एमआरपी र लेबलिङ अनिवार्य गरिएको हो ।

हामी ऐन कार्यान्वयन गर्दैछौं, व्यवसायीलाई थिच्न होइन ।” उनका अनुसार, विभाग बजार स्वच्छ र उपभोक्ता हितमैत्री बनाउन कडाइ गरिरहेको हो । व्यवसायीहरू एमआरपी नलगाउनेभन्दा कसरी र कहिले लगाउने भन्नेमा चिन्तित हुनुपर्नेमा उनले जोड दिए । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना भन्छन्, “लेबलिङ हुँदा उपभोक्ताले उचित मूल्यमा वस्तु पाउँछन्, कर छलिने काम रोकिन्छ, पारदर्शिता आउँछ ।” उनले सरकारको प्रयास संविधान र ऐनअनुरूप सकारात्मक कदम भएको बताए ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ६ अनुसार, उत्पादन स्थल, मिति, ब्याच नम्बर, मिश्रण पदार्थ, साइड इफेक्ट, कर विवरणसहित एमआरपी उल्लेख गरिएको नेपाली र अंग्रेजी भाषामा लेबल अनिवार्य छ ।

सरकार ऐन कार्यान्वयनको पक्षमा दृढ देखिएको छ भने व्यवसायीहरूलाई त्यसको समय, तरिका र तयारीबारे गम्भीर चासो छ। व्यवसायमै संकट पर्ने चिन्ता र उपभोक्ताको हितको वकालतबीच सरकार, व्यवसायी र उपभोक्तावादीबीच संवाद र सहकार्यकै विकल्प देखिँदैन ।


प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १०:०१
#एमआरपी नेपाल #खुद्रा मूल्य अनिवार्य #उपभोक्ता संरक्षण ऐन #वाणिज्य विभाग अनुगमन #व्यवसायीको विरोध #लेबलिङ अनिवार्यता #नेपालको उपभोक्ता अधिकार #उद्योग वाणिज्य महासंघ #नेपाल चेम्बर अफ कमर्स #एमआरपी जरिवाना #सरकारी कडाइ #उपभोक्ताको हक #बजार पारदर्शिता #खुद्रा व्यवसाय समस्या #उपभोग्य वस्तु मूल्य नियन्त्रण
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अर्थ बाणिज्य
अख्तियारमा फर्जी उजुरी दिने दीपक कारबाहीमा, दुई हजार जरिवाना
अख्तियारमा फर्जी उजुरी दिने दीपक कारबाहीमा, दुई हजार जरिवाना बिहीबार, असोज २९, २०८३
नेपाल–मलेसिया श्रमिक भर्ना विवादमा स्वास्थ्य परीक्षण गर्ने व्यवसायी पक्राउ
नेपाल–मलेसिया श्रमिक भर्ना विवादमा स्वास्थ्य परीक्षण गर्ने व्यवसायी पक्राउ बिहीबार, असोज २९, २०८३
भन्सार छली गरी ल्याइएको लाखौँ मूल्यको मदिरा बरामद
भन्सार छली गरी ल्याइएको लाखौँ मूल्यको मदिरा बरामद बिहीबार, असोज २९, २०८३
गुडिरहेको गाडीमा आगलागी, चालकको सतर्कताले जोगिए २१ यात्रु
गुडिरहेको गाडीमा आगलागी, चालकको सतर्कताले जोगिए २१ यात्रु बिहीबार, असोज २९, २०८३
साइबर ठगी नियन्त्रण गर्न प्रहरी र सेवा प्रदायकबीच सहकार्य, मंसिरदेखि काम सुरु
साइबर ठगी नियन्त्रण गर्न प्रहरी र सेवा प्रदायकबीच सहकार्य, मंसिरदेखि काम सुरु बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री शाहद्वारा पलाञ्चोक भगवतीको दर्शन
प्रधानमन्त्री शाहद्वारा पलाञ्चोक भगवतीको दर्शन बुधबार, असोज २८, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP