शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
चुनाव विशेष
  • गृहपृष्ठ
  • चुनाव विशेष
  • निर्वाचन सुरक्षा रणनीति : सेना देखि गुप्तचरसम्म व्यापक परिचालन
निर्वाचन सुरक्षा रणनीति : सेना देखि गुप्तचरसम्म व्यापक परिचालन
वीरगंज सिटी
वीरगंज सिटी शुक्रबार, फागुन ८, २०८२
A1 Beakery Add A1 Beakery Add

यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुक पूर्ण रूपमा चुनावमय बनेको छ । मतपत्र छपाइदेखि दुर्गम जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी गर्ने कामलाई निर्वाचन आयोग ले युद्धस्तरमा अघि बढाएको छ भने राजनीतिक दलहरू मतदाता रिझाउन गाउँ–बस्ती पसेका छन् ।

फागुन ४ गतेदेखि खुला प्रचारप्रसार सुरु भएसँगै दलहरूको दौडधूप, सभा–सम्मेलन र घरदैलो कार्यक्रमले चुनावी माहोल तातिएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोग र सरकारले सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराख्ने नीति लिएका छन् । देशभर रहेका २३ हजार ११२ मतदान केन्द्रमा हुने मतदानका लागि राज्यले आफ्नो सम्पूर्ण संयन्त्र परिचालन गरेको जनाएको छ ।

निर्वाचनको सबैभन्दा संवेदनशील पक्ष मानिने सुरक्षा व्यवस्थापनका लागि गृह मन्त्रालय ले एकीकृत सुरक्षा योजना लागू गर्ने भएको छ । निर्वाचन बिथोल्न सक्ने तत्वहरूको पहिचान, मतदान केन्द्रको सुरक्षा र मतपेटिकाको सुरक्षित ढुवानी सुनिश्चित गर्न चारवटै सुरक्षा निकायलाई समन्वयात्मक रूपमा परिचालन गरिनेछ ।

गृह मन्त्रालय स्रोतका अनुसार म्यादी प्रहरीसहित कुल ३ लाख २३ हजारभन्दा बढी सुरक्षाकर्मी प्रत्यक्ष रूपमा फिल्डमा खटिनेछन् । मतदान केन्द्रको भित्री सुरक्षा, बाहिरी घेरा र मोबाइल गस्ती गरी तीन तहको सुरक्षा घेरा निर्माण गरिनेछ । पहिलो घेरा र प्रत्यक्ष सुरक्षाको जिम्मा नेपाल प्रहरी लाई दिइएको छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्लेले निर्वाचन शान्तिपूर्ण बनाउन संगठन पूर्ण तयारी अवस्थामा रहेको बताए । उनका अनुसार यस निर्वाचनमा २ लाख ८ हजार ९८० जनशक्ति परिचालन गरिनेछ । जसमध्ये १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी र ७५ हजार नियमित नेपाल प्रहरी खटिनेछन् ।

मतदान केन्द्रमा लाइन व्यवस्थापनदेखि सम्भावित झडप नियन्त्रण र मतदाताको सुरक्षामा विशेष ध्यान दिइने प्रहरीले जनाएको छ । निर्वाचन प्रहरीले सहयोगी भूमिकामा काम गर्नेछन् । दोस्रो र तेस्रो घेराको सुरक्षाका लागि नेपाली सेना र सशस्त्र प्रहरी बल (एपीएफ) लाई ठूलो संख्यामा परिचालन गरिने भएको छ ।

गृह मन्त्रालयका अनुसार ७९ हजार ७२५ जना नेपाली सेना खटिनेछन् । सेनाले विशेषगरी मतपत्र ढुवानी, अति संवेदनशील मतदान केन्द्रको बाहिरी सुरक्षा तथा विष्फोटक पदार्थ निष्क्रिय पार्ने टोलीका रूपमा काम गर्नेछ । त्यस्तै ३४ हजार ५४३ जना सशस्त्र प्रहरी बल परिचालन हुनेछन् । सशस्त्र प्रहरीले दोस्रो घेराको सुरक्षा, मोबाइल गस्ती तथा स्ट्राइकिङ फोर्सका रूपमा जिम्मेवारी सम्हाल्नेछ ।

सूचना संकलन र सूक्ष्म निगरानीका लागि राष्ट्रिय अनुसन्धान विभाग का करिब १ हजार ९ जना गुप्तचर सादा पोसाकमा देशभर परिचालित हुनेछन् ।

सुरक्षाकर्मीबाहेक निर्वाचन प्रक्रियालाई प्राविधिक र प्रशासनिक रूपमा सम्पन्न गर्न ठूलो संख्यामा निजामती कर्मचारी परिचालन गरिनेछ । आयोगका अनुसार मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहयोगीसहित करिब २ लाख १३ हजार कर्मचारी मतदान केन्द्रमा खटिने तयारी छ । उनीहरूले मतपत्र व्यवस्थापन, मतदाताको परिचय रुजु तथा मुचुल्का तयार गर्ने कार्य गर्नेछन् ।

यसपटक आयोगले अस्थायी मतदाताको व्यवस्था पनि कार्यान्वयनमा ल्याएको छ । आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार सुरक्षाकर्मी, निर्वाचनमा खटिएका कर्मचारी, कारागारका कैदीबन्दी तथा वृद्धाश्रममा आश्रित वृद्धवृद्धाले मतदान गर्न पाउनेछन्, तर उनीहरूको मताधिकार सीमित हुनेछ । उनीहरूले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउनेछन्, प्रत्यक्षतर्फ भने मतदान गर्न पाउने छैनन् ।

उनका अनुसार यदि कुनै कर्मचारी वा सुरक्षाकर्मी आफ्नै नाम दर्ता भएको मतदान केन्द्रमै ड्युटीमा खटिएको अवस्थामा भने प्रत्यक्ष र समानुपातिक दुवैतर्फ मतदान गर्न पाउने व्यवस्था छ । अन्यत्र खटिएका कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, कैदीबन्दी तथा वृद्धवृद्धाले समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने नियम लागू हुनेछ । यसका लागि आयोगले अस्थायी मतदाता नामावली तयार गरी सम्बन्धित मतदान केन्द्रमा पठाउने व्यवस्था मिलाएको छ ।

सुरक्षा निकायले मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरेका छन् । विगतमा हिंसा भएका स्थान तथा भौगोलिक रूपमा विकट क्षेत्रलाई अति संवेदनशील सूचीमा राख्दै त्यहाँ हवाई गस्तीसहित विशेष सुरक्षा प्रबन्ध मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।

यसरी ५ लाखभन्दा बढी जनशक्तिको प्रत्यक्ष संलग्नतामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।


प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  ११:३१
#नेपाल प्रहरी #गृह मन्त्रालय #नेपाली सेना #सुरक्षा व्यवस्था #सशस्त्र प्रहरी बल #निर्वाचन आयोग #चुनावी तयारी #फागुन २१ निर्वाचन #प्रतिनिधिसभा चुनाव #अस्थायी मतदाता
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप चुनाव विशेष
६ दलले आज समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाउने
६ दलले आज समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाउने आइतबार, चैत १, २०८२
रास्वपाले समानुपातिक सांसदको नामावली टुंगो लगायो
रास्वपाले समानुपातिक सांसदको नामावली टुंगो लगायो आइतबार, चैत १, २०८२
साहले दायर गरेका रिट एउटै इजलासमा सुनुवाइ हुने, निर्वाचन आयोगको निर्णय चुनौतीमा
साहले दायर गरेका रिट एउटै इजलासमा सुनुवाइ हुने, निर्वाचन आयोगको निर्णय चुनौतीमा आइतबार, चैत १, २०८२
नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक आज, समानुपातिक सांसद चयन मुख्य एजेन्डा
नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक आज, समानुपातिक सांसद चयन मुख्य एजेन्डा आइतबार, चैत १, २०८२
प्रतिनिधिसभा निर्वाचनमा भ्रम फैलाउने आरोपमा  मधेसका ४ जनासहित देशभरबाट ३७ पक्राउ
प्रतिनिधिसभा निर्वाचनमा भ्रम फैलाउने आरोपमा मधेसका ४ जनासहित देशभरबाट ३७ पक्राउ शुक्रबार, फागुन २९, २०८२
अनिल रुंगटाद्वारा पर्सा–१ निर्वाचन खर्च विवरण पेश, २१ लाख ५० हजार खर्च भएको उल्लेख
अनिल रुंगटाद्वारा पर्सा–१ निर्वाचन खर्च विवरण पेश, २१ लाख ५० हजार खर्च भएको उल्लेख शुक्रबार, फागुन २९, २०८२
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP