शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • रास्वपालाई सरकार गठनको म्याण्डेट, प्रधानमन्त्रीमा बालेनको चर्चा
रास्वपालाई सरकार गठनको म्याण्डेट, प्रधानमन्त्रीमा बालेनको चर्चा
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, चैत ४, २०८२
A1 Beakery Add A1 Beakery Add

फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा परम्परागत राजनीतिक दलहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार गठनको स्पष्ट जनादेश प्राप्त गरेको छ । निर्वाचन आयोग ले प्रतिनिधि सभा सदस्य निर्वाचन (प्रत्यक्ष तथा समानुपातिक) को अन्तिम परिणाम सार्वजनिक गरेसँगै रास्वपाको नेतृत्वमा नयाँ सरकार गठन हुने बाटो खुलेको हो । आयोगका अनुसार चुनावसम्बन्धी अन्तिम प्रतिवेदन राष्ट्रपतिलाई बुझाउन अझै केही दिन लाग्नेछ । प्रतिवेदन राष्ट्रपतिले बुझेपछि मात्र संविधानअनुसार सरकार गठन प्रक्रिया अघि बढ्नेछ ।

राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएका पुराना दलहरूलाई ठूलो धक्का दिँदै रास्वपाले प्रतिनिधि सभामा १८२ सिट जित्दै झण्डै दुई तिहाइ बहुमत हासिल गरेको छ । आठ वर्षयताकै सबैभन्दा शक्तिशाली एकल सरकारको नेतृत्व रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले गर्ने चर्चा तीव्र बनेको छ ।

गत पुस १३ गते रास्वपाका सभापति रवि लामिछाने र बालेनबीच पार्टी तथा सरकार सञ्चालनसम्बन्धी सातबुँदे सहमति भएको थियो । सो सहमतिअनुसार रवि पार्टी सभापति रहने र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने उल्लेख थियो । तर उक्त सहमति कार्यान्वयनमा नेपालको संविधान र पार्टी विधानका प्रावधान बाझिने देखिएको छ ।

नेपालको संविधानको धारा ७६(१) अनुसार राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । यता रास्वपाको विधानको धारा ६६ मा भने निर्वाचनअघि नै पार्टी सदस्यबाट संसदीय दलको नेता चयन गर्ने प्रावधान उल्लेख गरिएको छ । यदि दलका नेता निर्वाचनमा पराजित भएमा निर्वाचित सांसदहरूबीच पुनः निर्वाचन गराएर संसदीय दलको नेता छानिने व्यवस्था छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

यही व्यवस्थाका कारण बालेन संसदीय दलको नेता बन्न नसक्ने चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ । चुनावी परिणाम सार्वजनिक भएसँगै सहमतिअनुसार बालेनलाई प्रधानमन्त्री बनाउने विषयमा नेतृत्व तहमा मतभेद देखिन थालेको अनुमान गरिएको छ ।

यसैबीच पार्टी सचिवालय बैठकमा बालेन अनुपस्थित हुनु र सांसदहरूको अभिमुखीकरण कार्यक्रममा रविको मात्र नाम समावेश गरिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यद्यपि पार्टी नेतृत्वले भने यी विषयलाई सामान्य प्रक्रिया मात्र भएको जनाएको छ ।

संविधानविद् भीमार्जुन आचार्य ले शक्तिको उन्मादले विगतका सरकारजस्तै नयाँ सरकार पनि असफल हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। उनले दुई नेताबीचको सम्भावित टकरावले जनमतको अपमान नहोस् भन्ने सुझाव दिएका छन् ।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले संसदीय दलको नेता चयनपछि सरकार गठन प्रक्रिया सुरु हुने बताएका छन् । जनताले दिएको विश्वासलाई ‘रोल मोडेल’ काममार्फत प्रमाणित गर्ने उनको भनाइ छ ।

सहमहामन्त्री विपिनकुमार आचार्यले भने पार्टीभित्र कुनै गम्भीर मतभेद नरहेको दाबी गरेका छन्। पूर्वसहमतिअनुसार नै बालेन प्रधानमन्त्री बन्ने उनले स्पष्ट पारे ।

विश्लेषकहरूका अनुसार रास्वपाको तीव्र उदय हुनुमा पुराना राजनीतिक दलप्रतिको जनआक्रोश, भ्रष्टाचार र बेथितिप्रतिको असन्तुष्टि, तथा युवापुस्तामाझ बालेनको लोकप्रियता मुख्य कारण हुन् । प्राध्यापक लोकराज बराल ले पुराना दलप्रतिको वितृष्णा र बालेनप्रतिको जनलहरकै कारण रास्वपा सशक्त बनेको बताएका छन् ।

विगतका शक्तिशाली सरकारहरूको असफल इतिहास

नेपालको संसदीय इतिहासमा शक्तिशाली सरकारहरू बने पनि अधिकांशले पूर्ण कार्यकाल पूरा गर्न सकेका छैनन् ।

२०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेस ले दुई तिहाइ बहुमत प्राप्त गरे पनि तत्कालीन राजा महेन्द्र ले २०१७ सालमा निर्वाचित सरकार विघटन गरेका थिए ।

२०४८ सालमा पुनः कांग्रेसले बहुमत प्राप्त गरे पनि पार्टीभित्रको आन्तरिक विवादका कारण सरकार अस्थिर बन्यो ।

त्यसैगरी २०७४ सालको निर्वाचनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भई शक्तिशाली सरकार बने पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको सत्ता संघर्षका कारण सरकार ढलेको थियो ।

विश्लेषकहरूका अनुसार विगतका दलहरूले गरेका कमजोरी दोहोरिए रास्वपाको भविष्य पनि चुनौतीपूर्ण बन्न सक्छ ।

निष्कर्ष

तीन वर्षअघि स्थापना भएको रास्वपाले छोटो समयमै ऐतिहासिक सफलता हासिल गरेको छ । अब पार्टी नेतृत्वले आन्तरिक एकता, संवैधानिक प्रक्रिया र सुशासनलाई प्राथमिकतामा राख्न सके जनअपेक्षा पूरा हुने देखिन्छ । अन्यथा विगतजस्तै शक्ति संघर्षले राजनीतिक अस्थिरता निम्त्याउन सक्ने विश्लेषकहरूको चेतावनी छ ।

भिडियाे सामाग्री

 

 


प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १०:५१
#राष्ट्रिय स्वतन्त्र पार्टी #रवि लामिछाने #रास्वपा #नेपाली राजनीति #बालेन्द्र शाह #सरकार गठन #प्रतिनिधि सभा निर्वाचन #प्रधानमन्त्री विवाद #संसदीय दलको नेता #नयाँ सरकार नेपाल
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप स्थानीय
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित बिहीबार, असोज २९, २०८३
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती बिहीबार, असोज २९, २०८३
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग बिहीबार, असोज २९, २०८३
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ बुधबार, असोज २८, २०८३
चाडपर्वको मुखमा वीरगंज महानगरले हटायो तीन दर्जनभन्दा बढी कर्मचारी
चाडपर्वको मुखमा वीरगंज महानगरले हटायो तीन दर्जनभन्दा बढी कर्मचारी बुधबार, असोज २८, २०८३
भन्सार छलीका २० लाख मूल्यका सामान बरामद
भन्सार छलीका २० लाख मूल्यका सामान बरामद बुधबार, असोज २८, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP