शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
अर्थ बाणिज्य
  • गृहपृष्ठ
  • अर्थ बाणिज्य
  • चलिरहेका योजनालाई प्राथमिकता दिने सरकारको तयारी
चलिरहेका योजनालाई प्राथमिकता दिने सरकारको तयारी
वीरगंज सिटी
वीरगंज सिटी मंगलबार, चैत १७, २०८२
A1 Beakery Add A1 Beakery Add

आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमा प्रक्रिया अनुशासित, यथार्थपरक र परिणाममुखी बनाउन राष्ट्रिय योजना आयोगले विस्तृत ‘चेकलिस्ट’ तयार पारेको छ ।

आयोगले अहिले सञ्चालनमा रहेका तथा क्रमागत प्रकृतिका आयोजनालाई शीघ्र सम्पन्न गर्ने गरी पर्याप्त बजेट विनियोजन गर्न र नयाँ योजना प्रस्ताव गर्दा लाभ – लागत विश्लेषणसहित पूर्वतयारी पूरा भएका योजनालाई मात्रै प्राथमिकतामा राख्न मन्त्रालयहरूसँग प्रारम्भिक छलफल सुरु गरेको छ ।

राष्ट्रिय योजना आयोगका सहायक प्रवक्ता डा. दिवाकर लुइँटेलका अनुसार आगामी बजेटमा समावेश गरिने योजना तथा कार्यक्रमबारे विभिन्न मन्त्रालयसँग समन्वयात्मक छलफल भइरहेको छ । आयोगले विषयगत मन्त्रालयहरूलाई विस्तृत आधारसहितका, कार्यान्वयनका लागि तयार र तत्काल प्रतिफल दिन सक्ने योजनामात्र प्रस्ताव गर्न निर्देशन दिएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि रूपान्तरणकारी बजेट ल्याउने प्रतिबद्धता जनाउँदै आएका छन् । सोही लक्ष्यअनुसार अर्थ मन्त्रालयको समन्वयमा योजना आयोगले प्राथमिकता निर्धारण गरेर मात्र योजना तथा कार्यक्रम अघि बढाउन जोड दिएको हो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

चालु आर्थिक वर्षमा सुरु भइसकेका तथा क्रमागत आयोजनालाई पर्याप्त बजेट विनियोजन गरी छिटो सम्पन्न गर्ने रणनीति अपनाइने आयोगले जनाएको छ ।

मन्त्रालयहरूले प्रस्ताव पेश गर्दा चालु आर्थिक वर्षका आयोजनाको भौतिक तथा वित्तीय प्रगति विवरण अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। साथै, कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौतीको विश्लेषणसमेत पेश गर्नुपर्ने व्यवस्था ‘चेकलिस्ट’ मा गरिएको छ ।

आयोजना बैंकमा समावेश राष्ट्रिय गौरवका आयोजना तथा प्रमुख कार्यक्रमको वर्तमान अवस्था स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने प्रावधान पनि राखिएको छ। यसले दीर्घकालीन महत्त्वका आयोजनाको प्रगति मूल्याङ्कनमा सहजीकरण गर्ने अपेक्षा गरिएको छ।

सरकारले १६औँ योजनासँग बजेटको तालमेल मिलाउन विशेष जोड दिएको छ । अर्थ मन्त्रालयले आगामी तीन आर्थिक वर्ष (२०८३/८४–२०८५/८६) को बजेट सीमा तथा मध्यमकालीन खर्च संरचना निर्धारण गरिसकेको छ । सोही आधारमा मन्त्रालयहरूले स्रोत र खर्चको यथार्थपरक प्रक्षेपणसहित प्रस्ताव पेश गर्नुपर्नेछ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार प्रस्तावित आयोजनामा सम्भाव्यता अध्ययन, वातावरणीय अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), डिजाइन, लागत अनुमान, जग्गा प्राप्ति अवस्था, कार्यान्वयन समयतालिका तथा खरिद योजना अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ । साथै, आयोजनाबाट प्राप्त हुने अपेक्षित प्रतिफल पनि स्पष्ट गर्नुपर्नेछ ।

राष्ट्रिय गौरवका तथा बहुवर्षीय आयोजनामा गरिएको स्रोत सुनिश्चितताको विवरण पनि अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ, जसले बजेट प्रतिबद्धताको पारदर्शिता बढाउने विश्वास गरिएको छ ।

सरकारले छिटो प्रतिफल दिने, निर्धारित समय र लागतभित्र सम्पन्न हुन सक्ने तथा आगामी आर्थिक वर्षमै पूरा हुने आयोजनालाई विशेष प्राथमिकता दिने नीति लिएको छ ।

मन्त्रालयहरूले कार्यान्वयनमा रहेका आयोजनालाई प्राथमिकताका आधारमा वर्गीकरण गरी निरन्तरता दिने, पुनरावलोकन गर्ने वा खारेज गर्ने स्पष्ट सूचीसहित प्रस्ताव पेश गर्नुपर्नेछ ।

अधुरा तथा रुग्ण आयोजनाको पुनर्संरचना वा पुनरावलोकनसम्बन्धी विवरण पनि छुट्टै रूपमा प्रस्तुत गर्नुपर्नेछ । यसले लामो समयदेखि अलपत्र रहेका आयोजनाको व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, विगतमा सम्पन्न भइसकेका आयोजनाबाट सिर्जित वित्तीय दायित्व बजेटमा समावेश गरिएको/नगरिएको विषय पनि खुलाउनुपर्नेछ । आयोजना वर्गीकरणका आधार तथा मापदण्ड, २०८० अनुसार सङ्घबाट सञ्चालन हुनुपर्ने आयोजनामात्र प्रस्तावमा समावेश भए/नभएको पनि जाँच गरिनेछ ।

अर्थ मन्त्रालयले आगामी बजेटका लागि योजना तथा कार्यक्रम प्रस्ताव गर्न चैत १५ गतेसम्मको समय दिएको थियो । तर, नयाँ सरकारले पर्याप्त गृहकार्य गर्न समय नपाएकाले उक्त समयसीमा बढाइएको जनाएको छ ।

सत्तारूढ दलको चुनावी वाचापत्र, मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकबाट स्वीकृत १०० बुँदे शासकीय सुधार कार्यसूची तथा सुशासन मार्गचित्र २०८२ का प्रावधानलाई बजेटमा समेट्न पनि समय थप गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १६:२२
#सुशासन #राष्ट्रिययोजनाआयोग #नेपालसरकार #बजेट२०८३_८४ #अर्थमन्त्रालय #विकासआयोजना #बजेटतर्जुमा #आर्थिकनीति #रूपान्तरणकारीबजेट #योजना_प्राथमिकता
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप अर्थ बाणिज्य
नेपाली बजारमा सुन सस्तियो, तोलामा ११०० रुपैयाँको गिरावट
नेपाली बजारमा सुन सस्तियो, तोलामा ११०० रुपैयाँको गिरावट बिहीबार, असोज २९, २०८३
झोलुंगे पुल भत्किँदा ७ करोड ५० लाखको क्षति, मर्मतमा २० करोड लाग्ने
झोलुंगे पुल भत्किँदा ७ करोड ५० लाखको क्षति, मर्मतमा २० करोड लाग्ने बुधबार, असोज २८, २०८३
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ बुधबार, असोज २८, २०८३
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो
चाडपर्वका लागि वीरगन्ज नाकाबाट १० हजार टनभन्दा बढी चिनी भित्रियो मंगलबार, असोज २७, २०८३
सुनको मूल्यमा लगातार गिरावट, दुई दिनमा ४ हजार ३ सयले सस्तियो
सुनको मूल्यमा लगातार गिरावट, दुई दिनमा ४ हजार ३ सयले सस्तियो मंगलबार, असोज २७, २०८३
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो
हिउँदे बालीका लागि वीरगंज नाकाबाट १३ हजार टन मल भित्रियो सोमबार, असोज २६, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित
नेशनल मेडिकल कलेज आन्दोलनका अगुवा बसरुद्दिनको छोराको बहुभोजमा जेठा दाई जैनुदिनको परिवार अनुपस्थित वीरगंज सिटी
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP