शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
Dashain Banner
Dashain Banner
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #वित्तीय अपराध
  • #कारागार चलान
  • #जिल्ला अदालत पर्सा
  • #उपेन्द्रकुमार साह
  • #सरकारी वकिल कार्यालय
  • #सागरकुमार साह
  • #२ अर्ब ३९ करोड
  • #शंकास्पद वित्तीय कारोबार
  • #धरौटीमा रिहा
यहाँ खोज्नुहोस्
your add here your add here
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • मधेसमा माली समुदायको पुर्ख्यौली पेसा सङ्कटमा
मधेसमा माली समुदायको पुर्ख्यौली पेसा सङ्कटमा
वीरगंज सिटी
वीरगंज सिटी सोमबार, वैशाख २८, २०८३
A1 Beakery Add A1 Beakery Add

जनकपुरधाम उपमहानगरपालिका–२०, रुपैठाका ७८ वर्षीय पुनित भण्डारी छ पिँढीदेखि चल्दै आएको पुर्ख्यौली पेसा फूलखेतीलाई आजसम्म निरन्तरता दिइरहेका छन् ।

उमेरले वृद्ध भए पनि उनको मेहनत र लगाव अझै उस्तै छ । बिहान सबेरै खेतमा पुग्ने र बेलुकासम्म फूलखेतीमै व्यस्त रहने पुनितका लागि यो खेती केवल आम्दानीको माध्यम मात्र होइन, पुर्खाको नासो पनि हो । bउनका पाँच छोरा छन् । चार जना अन्य पेसा र व्यवसायमा लागेका छन् भने कान्छा छोरा लक्ष्मी भण्डारी बुबाको बाटो पछ्याउँदै फूलखेतीलाई निरन्तरता दिइरहेका छन् । लक्ष्मी अहिले तीन सन्तानको जिम्मेवारी यही खेतीको आम्दानीबाट धानिरहेका छन् ।

लक्ष्मी भन्छन्, “एसएलसी पास गरेपछि केही वर्ष विदेश गएँ। तर, विदेशको कमाइले मन सन्तुष्ट भएन। आफ्नै गाउँ–समाज र माटोमा फर्किएर पुर्खाको पेसा अँगाल्दा छुट्टै अपनत्व महसुस भयो।” मिथिलाञ्चल क्षेत्रमा माली समुदायले उत्पादन गर्ने फूल धार्मिक रूपमा अत्यन्त पवित्र मानिन्छ । विवाह, मुण्डन, व्रतबन्ध, श्राद्ध, पूजापाठ र विभिन्न चाडपर्वमा माली समुदायले उनेको फूलको माला प्रयोग गर्ने परम्परा अझै कायम छ ।

पुनित भण्डारी भन्छन्, “हाम्रा बाजे–बराजुले यही काम गर्दै आए। अहिले हामी पनि यही पेसामा छौँ। यो हाम्रो जीवन र संस्कारसँग जोडिएको कर्म हो।” लक्ष्मी अहिले करिब डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरिरहेका छन् । उनी बिहान करिब पाँच घण्टा र साँझ चार घण्टा खेतमै खटिन्छन् । खेतीमा हप्तामा दुई पटक मल हाल्ने, झार उखेल्ने, फूल मिलाउने र बिरुवाको हेरचाह गर्ने काम नियमित गर्नुपर्छ ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

उनका अनुसार फूलखेती सजिलो छैन । धान वा तरकारी खेतीभन्दा धेरै मेहनत लाग्छ । मौसम, सिँचाइ, मल, मजदुर र सुरक्षाको उचित व्यवस्थापन गर्नुपर्ने भएकाले सानो गल्तीले पनि उत्पादनमा असर पर्छ । “घाम, पानी र हेरचाह सबै समयमै गर्नुपर्छ,” लक्ष्मी भन्छन्, “थोरै पनि ध्यान नपुग्दा उत्पादन घट्छ।”

एक सिजनमा डेढ बिघा जमिनमा फूलखेती गर्न करिब साढे दुई लाख रुपैयाँ खर्च लाग्ने उनी बताउँछन् । तर, आम्दानी अपेक्षाअनुसार छैन । राम्रो बजार भए मात्र एक सिजनमा डेढदेखि दुई लाख रुपैयाँसम्म नाफा हुने उनीहरूको अनुभव छ । लक्ष्मीको गुनासो छ, “हामीले व्यापारीलाई एउटा माला २० देखि २५ रुपैयाँमा दिन्छौँ, तर बजारमा त्यही माला ५० देखि ८० रुपैयाँसम्ममा बिक्री हुन्छ। बिचौलियाले बढी फाइदा उठाउँछन्, किसानले आफ्नो पसिनाको मूल्य पाउँदैनन्।”

जनकपुरधाम क्षेत्रमा दैनिक करिब १२ हजारसम्म फूलको माला बिक्री हुने अनुमान छ । विवाह, पूजापाठ, धार्मिक कार्यक्रम र चाडपर्वका कारण फूलको माग उच्च हुन्छ । तर, स्थानीय किसानले त्यो ठूलो बजारमा उचित हिस्सा पाउन सकेका छैनन् । किसानहरूको भनाइमा मुख्य समस्या भारतबाट आउने सस्तो फूल हो । सीमावर्ती क्षेत्रबाट सस्तो मूल्यमा भारतीय माला भित्रिँदा स्थानीय उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको उनीहरू बताउँछन् ।

“हामी धेरै मेहनत गरेर फूल फुलाउँछौँ, तर भारतबाट सस्तो माला आउँछ,” किसानहरू भन्छन्, “त्यही कारण हाम्रो उत्पादनको माग घट्छ।” नेपालमा फूल आयात तथा सीमा नियन्त्रण कडा नहुँदा चोरी–निकासीमार्फत पनि फूल भित्रिने क्रम रोकिएको छैन । यसले स्थानीय किसानलाई प्रत्यक्ष मार परेको छ ।

विशेषगरी वैशाखदेखि साउन र असोजदेखि मंसिर महिनामा फूलको माग अत्यधिक हुन्छ । विवाहको लगन, चाडपर्व र धार्मिक अनुष्ठानले बजार चलायमान बनाउँछ । पहिले केही समुदायमा फूलको प्रयोग सीमित भए पनि अहिले सबै समुदायमा यसको प्रयोग बढेको छ ।

लक्ष्मी भण्डारीका अनुसार उनीहरूले हजारी, कलकतिया, चाइना, चेरी र सेतो जातका फूलहरू खेती गर्छन् । फूलखेतीका लागि खेत पाँच पटकसम्म जोत्नुपर्छ, मल हालेर माटो तयार पारिन्छ र सिँचाइपछि रोपाइँ गरिन्छ ।

रोपेको करिब ४० दिनपछि फूल फुल्न थाल्छ र एउटै बिरुवाले करिब छ महिनासम्म उत्पादन दिन्छ । सुरुमा फूल ठूलो हुन्छ तर समयसँगै सानो हुँदै जान्छ ।

अहिले ‘अफ–सिजन’ भएकाले किसानहरू नयाँ सिजनको तयारीमा छन् । तर, समयमा रासायनिक मल नपाउनु, सिँचाइको अभाव र मजदुर नपाउनु ठूलो समस्या बनेको छ । रुपैठा क्षेत्रमा मात्रै माली समुदायले २५ देखि ३० बिघा क्षेत्रफलमा फूलखेती गर्दै आएका छन् । यस क्षेत्रलाई फूल उत्पादनको केन्द्र मानिन्छ । यहाँ सबैभन्दा धेरै क्षेत्रफलमा खेती गर्ने किसान राजकुमार भण्डारी हुन्, जसले करिब सात बिघामा फूलखेती गर्छन् ।

राजकुमार भन्छन्, “बजार त पाइन्छ, तर लागतअनुसार मुनाफा छैन। मेहनत धेरै छ, कमाइ कम छ।” मजदुरको अभाव, मलको समस्या र सिँचाइ अभावले खेती कठिन बनेको उनी बताउँछन् । सुरक्षाको समस्या पनि उस्तै छ । खेतबाटै फूल चोरी हुने र बोटबिरुवा नष्ट हुने घटनाले किसानलाई थप तनाव छ ।

पुनित भण्डारीका अनुसार सरकारले फूलखेतीलाई प्राथमिकतामा राखेको छैन । न अनुदान छ, न तालिम नै उपलब्ध छ । यदि आधुनिक प्रविधि, तालिम र बजार व्यवस्थापन गरियो भने फूलखेतीबाट राम्रो आम्दानी गर्न सकिने उनीहरूको विश्वास छ । फूलखेती केवल जीविकोपार्जनको माध्यम मात्र होइन, यो मिथिलाञ्चलको संस्कृति र परम्परासँग जोडिएको पेसा हो । धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाही जिल्लामा माली समुदाय अझै यो पेसामा निर्भर छन् ।

तर, व्यवस्थित बजारको अभाव, सरकारी बेवास्ता, भारतसँगको अस्वस्थ प्रतिस्पर्धा र बढ्दो लागतका कारण यो पुर्ख्यौली पेसा गम्भीर संकटमा परेको छ । लक्ष्मी भन्छन्, “हामी मेहनत गर्न तयार छौँ, तर हाम्रो उत्पादनको उचित मूल्य र बजार सुनिश्चित हुनुपर्छ।” पुनित भण्डारीको एउटै चाहना छ—आगामी पुस्ताले पनि यो पेसालाई गर्वका साथ निरन्तरता दिओस् । तर त्यसका लागि राज्यको सहयोग, बजार व्यवस्था र संरक्षण अनिवार्य देखिन्छ ।

छ पुस्तादेखि जोगिँदै आएको यो पुर्ख्यौली पेसा अहिले दोबाटोमा उभिएको छ—सहयोग पाए अझ फैलिने, नभए इतिहास बन्ने खतरा बढ्दै गएको छ ।

भिडियाे सामाग्री


प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  १३:५५
#धनुषा #कृषि #जनकपुरधाम #मधेसप्रदेश #नेपालकृषि #मिथिलाञ्चल #रुपैठा #फूलखेती #मालीसमुदाय #पुनितभण्डारी #लक्ष्मीभण्डारी #पुर्ख्यौलीपेसा #किसानसमस्या
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
मधेस प्रदेशमा अधिकृत तहको कर्मचारी भर्ना विज्ञापन रोकियो
मधेस प्रदेशमा अधिकृत तहको कर्मचारी भर्ना विज्ञापन रोकियो बिहीबार, असोज २९, २०८३
चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा
चाडपर्वलाई लक्षित गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा बिहीबार, असोज २९, २०८३
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा बिहीबार, असोज २९, २०८३
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड
नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन सरोकारवालाको जोड बिहीबार, असोज २९, २०८३
सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने पक्राउ
सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने पक्राउ बिहीबार, असोज २९, २०८३
कमला नदीको पुलबाट यातायात सञ्चालन गर्ने तयारी
कमला नदीको पुलबाट यातायात सञ्चालन गर्ने तयारी बिहीबार, असोज २९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट)
वीरगंजको सूर्या हस्पिटलमा सुत्केरीको दुवै मिर्गौला फेल, स्वास्थ्य मन्त्रालय र मेडिकल काउन्सिल मौन (भिडियाे रिपाेर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ
प्याडमा लागुऔषध लुकाएर कारागार पुगेका दिदीबहिनी पक्राउ वीरगंज सिटी
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार
भारत लैजाँदै गरेका हुम्लाका २५ बालबालिका बनबासा नाकाबाट उद्धार वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती
वीरगंजका परम्परागत दशैं मेलामा नवपुस्ताको आकर्षण घट्दै, संरक्षणमा चुनौती वीरगंज सिटी
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग
पर्साको मधुवनीमा नाला निर्माणले सडक अवरुद्ध, निर्माण सामग्री र मेसिन हटाउन स्थानीयको माग वीरगंज सिटी
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ
बारामा ११ लाख ४६ हजारको भन्सार छलीका सामान बरामद, एक जना पक्राउ वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
हामीलाई भन्नुछ
सरकारले  विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ?
सरकारले विद्यालयमा लयाएकाे दिवा खाजा कार्यक्रम सञ्चालनमा छ त ? वीरगंज सिटी
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ?
हरेक वर्ष उही समस्या, सामान्य वर्षामै वीरगंज केही स्थानका सडकमा पानी किन जम्छ ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त
पूर्वसांसद् विनिता कठायत दशौं राष्ट्रिय खेलकुदको मूल आयोजक समिति सदस्यमा नियुक्त वीरगंज सिटी
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो
जिराभवानी गोल्डकपमा वीरगंज सिटी विजयी घोषित, पेनाल्टीमा बकुलिया बाराले परवानीपुरलाई हरायो वीरगंज सिटी
जनगुनासो
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
मनोरञ्जन
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै?
प्रकाश सपूत किन बन्न खोज्दैछन् शाहरुख खानजस्तै? वीरगंज सिटी
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’
कुकुरप्रेमबारे पल शाहको खुलासा, भन्छन्– ‘डग लभर हुँ म’ वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP