शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • चुनाव विशेष
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
    • धर्म संस्कृति
    • साहित्य
  • ट्रेन्डिङ
  • #उपेन्द्र प्रसाद यादव
  • #प्रमोद जयसवाल
  • #प्रहरी पक्राउ
  • #अनधिकृत रकम ट्रान्सफर
  • #मोबाइल बैंकिङ
  • #डिजिटल बैंकिङ
  • #बैंक खाता ह्याक
  • #बैंकिङ ठगी
  • #बैंकिङ कसूर
यहाँ खोज्नुहोस्
your add here your add here
राष्ट्रिय
  • गृहपृष्ठ
  • राष्ट्रिय
  • तराई–मधेशमा शीतलहर र कुहिरोको प्रभाव बढ्दो
तराई–मधेशमा शीतलहर र कुहिरोको प्रभाव बढ्दो
वीरगंज सिटी
वीरगंज सिटी बुधबार, पुस ९, २०८२
A1 Beakery Add A1 Beakery Add

जाडोयाम सुरु भएसँगै दक्षिण एसियाको विशाल भू–भाग, विशेषगरी पश्चिम पाकिस्तानदेखि बंगलादेशसम्म फैलिएको इण्डो–गंगा समथर क्षेत्र बाक्लो कुहिरोको चपेटामा परेको छ । यस क्षेत्रलाई विश्वकै ठूलो समथर भूभागमध्ये एक मानिन्छ ।

भारतीय उपमहाद्वीपमा शीतलहर एक नियमित मौसमी प्रक्रिया हो । भारतमा अवस्थित १०३ वटा जल तथा मौसम मापन केन्द्रहरूमा सन् १९६१ देखि २०१५ सम्म गरिएको अध्ययनले दक्षिणी समथर भूभाग र उत्तर–पूर्वी भारतबाहेक अन्य अधिकांश क्षेत्रमा शीतलहर नियमित प्राकृतिक प्रक्रियाका रूपमा देखा पर्ने पुष्टि गरेको छ ।

तराई–मधेशमा शीतलहरको अवस्था

नेपालको तराई–मधेश क्षेत्र पनि हरेक वर्ष शीतलहरबाट प्रभावित हुने गर्दछ । यद्यपि, शीतलहर र यसको बहुआयामिक प्रभावबारे नेपालमा पर्याप्त अध्ययन र अनुसन्धान भएका छैनन् । सन् १९७१ देखि २००६ सम्म गरिएको एक अध्ययनले तराई क्षेत्रमा जाडोयामको न्यूनतम तापक्रम बढ्दो क्रममा रहेको र अधिकतम तापक्रम घट्दो क्रममा रहेको देखाएको छ ।

त्यस्तै, सन् १९७५ देखि २०१० सम्मको अवधिलाई आधार मानी कोशी बेसिनमा गरिएको अर्को अध्ययनले दैनिक न्यूनतम र अधिकतम तापक्रम दुवै बढ्दो क्रममा रहेको निष्कर्ष निकालेको छ । सोही अध्ययनले इण्डो–गंगा समथर क्षेत्रमा जाडो तथा प्रि–मनसुन सिजनको अधिकतम तापक्रम घट्दै गएको र हिउँदमा अत्यधिक चिसो हुने दिनहरूको संख्या बढ्दै गएको देखाएको थियो ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

विगत साढे दुई दशकयता शीतलहर तराई–मधेशमा एक गम्भीर स्वास्थ्य समस्याका रूपमा देखा परेको छ । यहाँ शीतलहरको सुरुवात सामान्यतया मंसिर महिनादेखि हुने गरेको पाइन्छ । मिथिला क्षेत्रका स्थानीयवासीहरूको अनुभवअनुसार विगतमा विवाह पञ्चमीको दिनदेखि कुहिरो लाग्न थाल्थ्यो र माघ अन्त्यसम्म यसको प्रभाव रहन्थ्यो ।

तापक्रम र चिसो दिनहरूको तथ्यांक

औसत रूपमा तराई–मधेश क्षेत्रमा हरेक वर्ष करिब ३० दिन शीतलहरको प्रभाव देखिन्छ । जनकपुरधाममा जाडोयामको औसत अधिकतम तापक्रम २४.८ डिग्री सेल्सियस र न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रेकर्ड गरिएको छ । त्यहाँको औसत वार्षिक अधिकतम तापक्रम ३८.६ डिग्री सेल्सियस रहेको छ ।

त्यसैगरी, सिमरामा जाडोयामको औसत अधिकतम तापक्रम २४.५१ डिग्री र न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ भने औसत वार्षिक अधिकतम तापक्रम ४०.२० डिग्री सेल्सियस रहेको छ ।

तथ्यांकअनुसार तराई–मधेशका विभिन्न क्षेत्रमा जाडोयामको औसत दैनिक अधिकतम तापक्रममा खासै ठूलो भिन्नता देखिँदैन । न्यूनतम तापक्रम सबैभन्दा बढी जनकपुरधाममा र सबैभन्दा कम धनगढीमा रेकर्ड गरिएको छ । जनवरी, फेब्रुअरी र मार्च महिनामा तराई–मधेश क्षेत्रमा अत्यधिक चिसो महसुस हुन्छ ।

सन् १९७१ देखि २०१५ सम्मको ४५ वर्षको अध्ययनले वार्षिक रूपमा चिसो दिनहरूको संख्या औसतमा सबैभन्दा कम धनगढीमा १५.६ दिन र सबैभन्दा बढी नेपालगञ्जमा १७.९ दिन रहेको देखाएको छ । त्यस्तै, औसत वार्षिक चिसो रातहरूको संख्या जनकपुरधाममा १३ दिन र भैरहवामा १७.६ दिन रेकर्ड गरिएको थियो ।

उक्त अध्ययनले नेपालगञ्जबाहेक तराई–मधेशका अधिकांश क्षेत्रमा चिसो दिनहरूको संख्या बढ्दो क्रममा रहेको देखाएको छ । सन् २००६ देखि २०१५ को अवधिमा विराटनगर, जनकपुरधाम, नेपालगञ्ज र धनगढीमा शीतलहरका दिनहरू थपिएका थिए। तराई क्षेत्रमा जनवरी महिनामा शीतलहर सबैभन्दा बढी देखिन्छ ।

औसत रूपमा १९.३ प्रतिशत शीतलहर डिसेम्बरमा, ६८.२ प्रतिशत जनवरीमा र १२.५ प्रतिशत फेब्रुअरीमा रहने अध्ययनको निष्कर्ष छ । अर्को अध्ययनअनुसार वार्षिक औसतमा शीतलहरका दिन सबैभन्दा कम धनगढीमा ११.३ र सबैभन्दा बढी विराटनगरमा १६.१ दिन रहने गरेका छन् ।

कुहिरो, कृषि र जनजीवनमा असर

तराई क्षेत्रमा शीतलहरको प्रभाव डिसेम्बरदेखि देखिए पनि कुहिरो लाग्ने क्रम भने नोभेम्बरदेखि नै सुरु हुन्छ । कुहिरो र शीतलहरका दिनहरूको अध्ययन गर्दा विराटनगरमा करिब ८० प्रतिशत दिनमा यी दुवै समस्या एकसाथ देखिने गरेको पाइन्छ ।

शीतलहर र कुहिरोको प्रभाव मानव स्वास्थ्यमा मात्र सीमित नरही घरपालुवा जनावर, पन्छी तथा कृषिजन्य बालीनालीमा समेत गम्भीर असर पार्ने गरेको छ । विशेषगरी तराई क्षेत्रमा आलु, गोलभेँडा, भन्टा, खुर्सानीजस्ता तरकारी बाली बढी प्रभावित हुने गरेका छन् । गहुँ खेतीसमेत कुहिरोबाट प्रभावित हुने कृषकहरूको अनुभव छ ।

एक अध्ययनअनुसार कुहिरोले आलुमा लाग्ने डडुवा रोगका लागि अनुकूल वातावरण सिर्जना गरिदिन्छ । स्थानीय कृषकहरूका अनुसार आलु रोप्ने समयका आधारमा पनि डडुवा रोगको प्रभाव फरक पर्ने गर्छ । अक्टोबरमा रोपिएका आलुमा नोभेम्बरमा रोपिएकाभन्दा डडुवा रोगको असर कम देखिन्छ । डडुवा रोगका कारण आलु उत्पादन ५० प्रतिशतसम्म घट्ने र कतिपय स्थानमा सम्पूर्ण बाली नै नष्ट भएका उदाहरणहरू छन् ।

केन्द्रीय तथ्यांक विभागको सन् २०१७ को सर्वेक्षणअनुसार तराई–मधेश क्षेत्रमा करिब २४ प्रतिशत घरधुरी शीतलहरबाट प्रभावित हुने गरेका छन् ।

यातायात, शिक्षा र चुनौती

अत्यधिक चिसोका कारण कतिपय अवस्थामा विद्यालय बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । बाक्लो कुहिरोका कारण दृश्यता अत्यन्तै कम हुँदा सडक तथा हवाई यातायात प्रभावित हुन्छन्, जसले गर्दा सडक दुर्घटनाको जोखिमसमेत बढ्ने गरेको छ ।

शीतलहर र कुहिरोबाट उत्पन्न रोग तथा बाली क्षतिबाट जोगिन कृषकहरूले रासायनिक औषधिको प्रयोग बढाएको देखिन्छ । आलुलाई डडुवा रोगबाट बचाउन अक्टोबरमै बीउ रोप्ने अभ्यास बढ्दो क्रममा छ । भूमिगत सिँचाइ स्रोत—जस्तै इनार र ट्युबवेलको पानी सतही पानीको तुलनामा केही तातो हुने भएकाले शीतलहर र कुहिरोको समयमा त्यस्तो पानीको प्रयोगमा कृषकहरूले जोड दिने गरेका छन् ।

तर, शीतलहर र कुहिरोका बेला मानव जीवन, कृषि, पशुपन्छी र जनजीवनको संरक्षणका लागि राज्यको तर्फबाट ठोस र दीर्घकालीन कार्यक्रम लागू हुन नसकेको स्थानीयवासीहरूको गुनासो कायमै छ ।


प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  ११:२०
#स्वास्थ्य जोखिम #जनजीवन #शीतलहर #कृषि प्रभाव #तराई मधेश #कुहिरो #जाडोयाम #इण्डो–गंगा क्षेत्र #मौसम परिवर्तन #जलवायु अध्ययन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राष्ट्रिय
प्रधानमन्त्री स्वदेश फर्किँदा तीन मन्त्रीले गरे स्वागत, विमानस्थलमा देखिएन तामझाम
प्रधानमन्त्री स्वदेश फर्किँदा तीन मन्त्रीले गरे स्वागत, विमानस्थलमा देखिएन तामझाम शनिबार, असोज १०, २०८३
खतरा तह पार गरेपछि सप्तकोशीका ४३ ढोका खोलिए
खतरा तह पार गरेपछि सप्तकोशीका ४३ ढोका खोलिए शनिबार, असोज १०, २०८३
राष्ट्रिय गौरवका आयोजना सुस्त : १९ वर्षमा महाकाली सिँचाइको ३१ प्रतिशत मात्रै काम
राष्ट्रिय गौरवका आयोजना सुस्त : १९ वर्षमा महाकाली सिँचाइको ३१ प्रतिशत मात्रै काम शनिबार, असोज १०, २०८३
सरकारी बैंकमा रकम हिनामिना भए भ्रष्टाचार मुद्दा लाग्छ कि बैंकिङ कसुर ?
सरकारी बैंकमा रकम हिनामिना भए भ्रष्टाचार मुद्दा लाग्छ कि बैंकिङ कसुर ? शुक्रबार, असोज ९, २०८३
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिने घोषणा
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिने घोषणा शुक्रबार, असोज ९, २०८३
बालेनको मंसिरमा भारत भ्रमणको तयारी, परराष्ट्र मन्त्रालय सक्रिय
बालेनको मंसिरमा भारत भ्रमणको तयारी, परराष्ट्र मन्त्रालय सक्रिय शुक्रबार, असोज ९, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित)
२३ वर्षदेखि अधुरै बीपी उद्यान : करोडौँ खर्च, निर्माणमा अझै अलमल ! | Birgunj's BP Park | Parsa (भिडियो सहित) जितेन्द्र साह
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित)
वीरगंजमा अस्पतालको संख्या बढे पनि गुणस्तरीय सेवामाथि प्रश्न (भिडियो सहित) वीरगंज सिटी
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
Titan Birgunj Titan Birgunj
समाज
वर्षासँगै आएको बाढीपहिरोमा देशभर दुई जनाको मृत्यु, एक बेपत्ता
वर्षासँगै आएको बाढीपहिरोमा देशभर दुई जनाको मृत्यु, एक बेपत्ता वीरगंज सिटी
पानी जमेको खाल्डोमा डुबेर ५ वर्षीय बालकको मृत्यु, सप्तकोशीको बहाव बढेपछि बाढीको जोखिम पनि उच्च
पानी जमेको खाल्डोमा डुबेर ५ वर्षीय बालकको मृत्यु, सप्तकोशीको बहाव बढेपछि बाढीको जोखिम पनि उच्च वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
मानव अधिकार मञ्च मधेशको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा प्रविण श्रीवास्तव
मानव अधिकार मञ्च मधेशको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा प्रविण श्रीवास्तव वीरगंज सिटी
वीरगंज युवा समाजद्वारा भोटेकोशी बाढी पीडित परिवारलाई घरदैलोमै पुगेर राहत
वीरगंज युवा समाजद्वारा भोटेकोशी बाढी पीडित परिवारलाई घरदैलोमै पुगेर राहत वीरगंज सिटी
जिराभवानीमा २४ असोजदेखि भेट्रान क्लबको खेलकुद प्रतियोगिता
जिराभवानीमा २४ असोजदेखि भेट्रान क्लबको खेलकुद प्रतियोगिता वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित)
व्यवस्थापन समितिका सदस्यले ठेक्का पाएपछि नेत्रविहिन विद्यार्थीहरु सडेगलेका खाना खान बाध्य, पौष्टिक आहारको अभावमा समस्या खेप्दै दृष्टिविहीन बालबालिका (भिडियाे सहित) जितेन्द्र साह
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि"
सखुवा प्रसौनी गापा अध्यक्ष जसवन्त यादव पक्राउमा, पुर्वमन्त्री प्रमोद जैसवालका पूर्वस्वकीय सचिवको "आश्चर्यजनक भिडियोग्राफि" वीरगंज सिटी
हामीलाई भन्नुछ
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ?
मधेशी शहीद पार्क जीर्ण बन्दै, संरक्षणमा कसले ध्यान दिनुपर्ने हाे ? वीरगंज सिटी
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ?
वीरगंजस्थित नारायणी रंगशालाको वर्तमान अवस्था कस्तो छ ? अब सुधारका लागि के गर्न आवश्यक छ ? वीरगंज सिटी
उद्यमी मञ्च
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview |
उद्योग क्षेत्रको विकासका लागि तीनै तहका सरकारको साझा योजना आवश्यक: गजेन्द्र कुमार गुप्ता | Episode-6 | Interview | वीरगंज सिटी
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए)
वीरगंजको अर्थतन्त्र बाहिरबाट बलियो देखिए पनि भित्रभित्रै कमजोर बन्दैछ : दीपक खन्ना (सीए) वीरगंज सिटी
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री
नेपालमा ग्यासको अभाव हुँदैन, स्टक गर्न थालेपछि ग्यासको माग बढ्यो : ग्यास उद्योगी निर्मल खत्री धनन्जय मिश्र
वीरगंज विशेष
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान
‘आफ्नो सन्तान नभएकाले’ अस्पतालबाट नवजात शिशु चोरी गरेकाे खातुनकाे प्रारम्भिक बयान वीरगंज सिटी
खेलकुद
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने
सियन गेम्स क्रिकेट : क्वाटरफाइनलमा नेपालले श्रीलंकाको सामना गर्ने वीरगंज सिटी
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो
क्रिकेटमा नेपालले १२ वर्षपछि अफगानिस्तानलाई हरायो वीरगंज सिटी
जनगुनासो
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ
शिक्षिका हुनु भनेको केवल पढाउनु होइन, विद्यार्थीको भविष्य निर्माण गर्नु हो : बबिता श्रेष्ठ निक्की नेपाली
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित)
जनगुनासोमा पशु अधिकारका कुरास स्थानीय सरकार जिम्मेवारीबाट पन्छिएको अधिकारकर्मी कोईरालाको आरोप (भिडियाे सहित) निक्की नेपाली
मनोरञ्जन
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार
‘हनुमान अंश’ले रच्यो नयाँ कीर्तिमान, १५० करोड पार वीरगंज सिटी
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर
ठूलो अपेक्षाबीच ‘टक्सिक’को बक्स अफिस व्यापार कमजोर वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP