१
धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलन भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पार्नुभएको छ ।
२
पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ भलुवाहीबाट अवैध रूपमा ढुङ्गा, गिट्टी र बालुवा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले तीन ट्याक्टरसहित तीन चालकलाई नियन्त्रणमा लिएको छ ।
३
मधेश प्रदेशमा ग्यासको कृत्रिम अभाव र अनियमित वितरणको गुनासो बढेपछि प्रशासनले ग्यास डिलर तथा विक्रेतामाथि निगरानी कडा बनाएको छ ।
४
पर्सामा प्रहरीले १६ दशमलव ५७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–१४ कृष्ण प्रणामी चोकबाट भारत बिहारका २५ वर्षीय शरधुन पासवान पक्राउ परेका हुन् ।
५
मधेश प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा हुलाकी सडक निर्माणले उल्लेख्य प्रगति गरेको छ। गत आर्थिक वर्षमा निर्धारित ४०६ दशमलव ४३ किलोमिटरमध्ये ३४७ दशमलव ६३ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ ।
६
दाइजो प्रथा अन्त्यका लागि मधेशबाट ‘दाइजोमुक्त नेपाल’ अभियान सुरु गरी देशभर विस्तार गर्ने विषयमा महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सिता बादी र मधेसी आयोगका पदाधिकारीबीच छलफल भएको छ ।
७
जनकपुरधाम उपमहानगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ३ करोड २२ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरेको छ। उपमहानगरपालिकाले १७ करोड १५ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा २० करोड ३७ लाख १ हजार ५५९ रुपैयाँ सङ्कलन गरेको हो ।
८
रौतहटको फतुवा विजयपुर नगरपालिका–१० दुधिअवामा बिजुली सर्ट भएर एक घरमा आगलागी भएको छ। स्थानीय दीपेन्द्रभक्त खरेलको काठको दुईतले घरमा सोमबार बिहान आगलागी भएको हो।दमकल, स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।
९
मधेश प्रदेश सरकारले प्रशासनिक खर्च घटाउन मन्त्रालय तथा सरकारी निकायको पुनर्संरचना अघि बढाएको छ। हालका १२ मन्त्रालयलाई घटाएर ९ वटामा सीमित गर्ने तयारी गरिएको छ ।
१०
सिरहाको कर्जन्हामा बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार साँझ ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा उनीहरू घाइते भएका हुन् ।