
बीरगंज १४ माघ
लायन्स क्लव बीरगंज आदर्शनगर एण्ड वेस्टले आयोजना गरेको मिस स्नो हृवाइट कन्टेस्ट २०१२ को ताज कामाक्षी गुप्ताले पहिरिएकी छिन् ।
बालबालिकाहरुको प्रतिभा र ब्यक्तित्व बिकासको मुल उद्धेश्य बोकेर बीरगजको नगरसभा गृहमा आयोजना गरेको मिस स्नो हृवाइट कन्टेस्टमा कामाक्षीले आफना ३८ जना प्रतिस्पर्धीलाई उछिनेर ताज पहिरिन सफल भएकी हुन । मिस स्नो हृवाइट कन्टेस्ट २०१२ का बिजेता कामाक्षी गुप्तालाई पूर्व बिजेता अनमोल अग्रवालले ताज पहिराएकी थिईन । कन्टेस्टमा प्रथम रनरअप मिली श्रेष्ठ भइन भने सेकेण्ड रनर अपको ताज जानकी चौधरीले पहिरिन सफल भएकी छिन् । त्यसैगरी मिस ब्युटिफुल, मिस क्याटवाक, मिस टयालेन्ट, मिस फोटोजेनिक, मिस हेयर स्टाइल, मिस डिसिपिलिन र मिस वेस्ट रेस क्रमशः मेलिना पटेल, सीमो मानन्धर, स्वेता गुप्ता, स्मृती राय, सुर्रमई गुप्ता, श्रुती बारसिनी र मिस्टी चौधरी भएकी छिन् ।
कन्टेस्टमा टप टेन हुन सफल भएकी दस जनालाई एभरेष्ट बैंक लिमिटेडले आफनो बैंकमा खाता खोलेर एटिम कार्ड प्रदान गर्ने भएको छ । यसबाट बालिकाहरुमा बैंक सेवा र एटिएम सुविधाको बारेमा ज्ञान बढने बैंकका प्रतिनिधिले बताएको छ ।
लायन्स क्लवका डिष्टिक गभर्नर लायन राजकुमार श्रेष्ठ, हृवाइट हाउसकी प्रध्यापक श्रीमती रञ्जु खरेलर मिस तर्राई २०११ प्रशुन सिहले संयुक्त रुपमा निर्णायकको भुमिका निर्वाह गरेका थिए । लायन्स क्लव आफ बीरगंज आदर्शनगरका अध्यक्ष सुवोध गुप्ताको संयोजकत्वमा सम्पन्न मिस स्नो हवाइट कन्टेस्ट २०१२ मा नेपाल प्रहरीका प्रहरी उपरिक्षक रमेश खरेल, सशस्त्र प्रहरीका प्रहरी उपरिक्षक कृष्णभक्ता बम्हाचार्य, बीरगंज भन्सार कार्यालयका प्रमुख लाउन्ने ढकाल, बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष अशोक टेमानी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन लक्ष्मी खरेलले गरेकी थिईन ।

बीरगंज १४ माघ
संविधान सभा सदस्य माननिय ओमप्रकाश शर्माले आज एक समारोहबीच बीरगंजको कुम्हालटोलस्थित भिमसेन मन्दिरको उदघाटन गरेका छन् ।
बीरगंज ६ कुम्हालटोलस्थित नवनिर्मित भिमसेन मन्दिरको आज धार्मिक विधी अनुसार पूजा अनुष्ठान गरी उदघाटन गरेका हुन । प्रमुख अतिथीको आसनबाट उदघाटन गर्दै सभासद शर्माले कुम्हालटोल आफनै घर जस्तो भएको र आज सहयोग गर्न पाएकोमा आफुलाई औधी खुशी लागेको धारणा ब्यक्त गरेका थिए । उनले अहिले र्सार्वजनिक जग्गा अतिक्रमण बढी रहेको बेला, कुम्हालटोलबासीले भने र्सार्वजनिक जग्गामाथि मन्दिरको स्थापना गरेर उदाहरणिय काम गरेको भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रममा विशेष अतिथी बीरगंज उपमहानगरपालिका कार्यालयका प्रमुख तथा कार्यकारी अधिकृत शिवदत्त भटर्राईले कुम्हालटोलबासीले गरेको कार्यको प्रशंसा गर्दै, यस्तै कार्य सबै वडाबासीलाई गर्न आग्रह गरेका छन् । वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरिक्षक सुजन जोशीले जनसहभागिता बाट गरेको यो प्रयास प्रशंसनिय रहेको बताउदै, यस्तै कार्य सबैले गर्ने हो भने मुलुकको बिकासलाई कसैले रोक्न नसक्ने बताए । त्यसैगरी नेपाल पत्रकार महासंघका सचिव युवराज खडका र पूर्व प्रधानाध्यापक इन्द्रदेव यादबले पनि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
करिव १ लाख १६ हजार ३ सय ४१ रुपैयाको लागतमा निर्माण गरिएको भिमसेन मन्दिरको निर्माणको लागि सभासद ओमप्रकाश शर्माले २५ हजार १ रुपैया सहयोग गरेका छन् । अन्य रकम स्थानीयस्तरबाटै संकलन गरी जेलको उत्तरमा रहेको र्सार्वजनिक जग्गामा निर्माण गरिएको समितिका सदस्य कृष्ण बहादुर श्रेष्ठ बताउछन् । बीरगंज उपमहानगरपालिकाले भने मन्दिर प्रागंणमा एउटा चापा कल जडान गरिदिएको छ ।
यसैबीच स्थानीय रामकृष्ण श्रेष्ठले सोही स्थानमा आफनो निजी खर्चमा शिवजीको मन्दिर स्थापना गरेका छन् । सो मन्दिरको पनि आजै धार्मिक विधी अनुसार उदघाटन गरिएको छ । दाता रामकृष्ण श्रेष्ठ र उनकी धर्मपत्नी श्रीमती दुर्गा देवी श्रेष्ठले धार्मिक विद्यी अनुसार पूजाआजा गरी मन्दिरको उदघाटन गरेका हुन । श्रेष्ठले आफना पिता स्वर्गिय कुलबहादुर श्रेष्ठ, आमा स्वर्गिय चिम्सी देवी श्रेष्ठ, स्वर्गिय श्रीमती भिमलक्ष्मी देवी श्रेष्ठ र कान्छा सुपुत्र स्वर्गिय शुशिल कुमार श्रेष्ठको सम्झनामा सो मन्दिर निर्माण गरेका हुन ।
भिमसेन मन्दिर निर्माण समितिका अध्यक्ष गौरी प्रसाद गुप्ताको सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रममा स्वागत मन्तब्य मनोज सिहले दिएका थिए भने कार्यक्रमको संचालन राजु श्रेष्ठले गरेका थिए ।

वीरगंज १३ माघ
नेपाल शिक्षक युनियन र नेपाल शैक्षिक गणतान्त्रिक मंचको संयुक्त अगुवाईमा आज जिल्ला शिक्षा कार्यालय पर्सा सम्पूर्ण कामकाज थप्प पारी धर्नामा बसेका छन ।
शिक्षकहरु आफनो विभिन्न ५० सुत्रिय माग राख्दै आज विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म शिक्षा कार्यालयको सम्पूर्ण कामकाज थप्प पारी धर्नामा बसेका हुन । सामुदायिक विद्यालयमा कार्यरत तहगत सम्पूर्ण विद्यालय कर्मचारीहरुलाई स्थायी दरबन्दी कायम गरी सेवा अवधि गणना हुने गरी स्थायी शिक्षक सरह सेवा, सुविधा र दुर्गम भत्ता चालु आर्थिक वर्षबाट उपलब्ध हुनुपर्ने, अविछिन्न पाच वर्ष सेवा अवधी पुरा गरेका अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनु पर्ने, परिक्षामा सामेल हुन नचाहने शिक्षकहरुलाई परीक्षा पूर्व नै आकर्षक सुविधा हुनेगरी उपदान र औषधोउपचार खर्चको सुविधा सहित विदा दिनु पर्ने, मुलुकभर कार्यरत शैक्षिक सत्र पुरा गरेका पिसीएफ, तथा राहत कोटामा नियुक्त शिक्षकहरुलाई स्थायी दरबन्दीमा रुपान्तरण गरी स्थायी प्रकृया प्रारम्भ गरि दुर्गम भत्ताको व्यवस्था गर्नु पर्ने जस्ता माग राखी धर्नामा बसेका छन ।
त्यसैगरी अधिकार सम्पन्न उच्चस्तरिय शिक्षा आयोग गठन गरिनु पर्ने, राष्ट्रिय बजेटको न्यूनतम २५ प्रतिशत वा जी.डि.पी. को ६ प्रतिशत नियमित रुपमा शिक्षामा लगानी हुनुपर्ने, शिक्षण पेशामा समावेशिकरण गर्ने क्रममा मुस्लिम समुदायलाई तर्राई मधेशमा बस्ने भनी किटान गरिएको तर पहाडी मुस्लिम समुदायको उपेक्षा भएकोले सुधार गर्नुपर्ने लगायत विभिन्न ५० सुत्रिय मागहरु अगाडी सारी आन्दोलनमा उत्रेको युनियनका जिल्ला अध्यक्ष रामचन्द्र पंण्डितले जानकारी दिनुभएको छ । आन्दोलनका कारण शिक्षा कार्यालय पर्साको सम्पूर्ण कामहरु थप्प भएको छ । आन्दोलनकारीको कारण कर्मचारीहरु कार्यालयमा प्रवेश गर्न पाएका छैन ।

बीरगंज १३ माघ
वडा प्रहरी कार्यालय बिर्ताले गएराती शंकास्पद चार वटा चारपागे गाडीलाई आफनो नियन्त्रणमा लिएको छ ।
प्रहरी निरिक्ष्ँक सुजन जोशीको नेतृत्वमा गएको टोलीले बीरगज उपमहानगरपालिका वडा नम्बर १ का चेकजाचको क्रममासो गाडीलाई अनुसन्धानको लागि आफनो नियन्त्रणमा लिएको हो । प्रनि जोशीका अनुसार नियन्त्रणमा लिइएको गाडीहरुको कागजात अनुसार चेसिस र इन्जिन नम्बर नमिलेकोले चोरीको हुन सक्ने आशंकामा थप अनुसन्धानको लागि यी गाडीहरुलाई नियन्त्रणमा लिएको बताए । चेकजाचको शंकास्पद भेटिएको ३ वटा टाटा सुमो र एउटा हुण्र्डाई आइ टेन गाडी रहेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएको गाडीमध्ये एउटा सुमो र हुण्र्डाई गाडी भारतीय नम्बर प्लेट भएको गाडी रहेको प्रहरीले जनाएको छ ।

बीरगंज १२ माघ
पर्सा प्रहरीले पर्सा जिल्लाको गम्हरिया गाबिस ७ मा छापामारी गरी ठुलो परिमाणमा लागु औषध गाजा र गाजा बनाउने मेशिन बरामद गरेको छ ।
विशेष सुराकीले दिएको सूचनाको आधारमा प्रहरीले छापामारी गर्दा सो परिमाणको लागु औषध गाजा बरामद गरेको हो । प्रहरीले छापमारीको क्रममा हिरालाल साह कानु, किशोरीलाल साह कानु, रमेश साह कानु र अब्बास मियाको घरबाट करिव १५ क्विन्टल लागु औषध गाजा, ३ थान गाजा च्याप्ने मेशिन, दुइवटा भारतीय नम्त्रबरको मोटरसाइकल र तीन थान साइकल बरामद गरेको पर्साका प्रहरी उपरिक्षक रमेश खरेलले जानकारी दिएका छन् । बरामद भएको सामान थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई पुरयाएको प्रहरीले जनाएको छ ।
छापामारीकै क्रममा प्रहरीले अनुसन्धानको लागि स्थानीय बिजय साह कानुलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरिक्ष्ँक रविन्द्र केसीले जनाएको छ ।
बीरगंज १२ माघ
भारतको ६३ औ गणतन्त्र दिवसको अवसरमा बीरगंजस्थित भारतीय महाबाणिज्य दुताबासले विविध कार्यक्रमको आयोजना गरी हर्षोउल्लासका साथ मनाएको छ ।
महाबाणिज्य दुताबास कार्यालयको आफनै प्रागंणमा आयोजना गरिएको गणतन्त्र दिवस समारोहमा बीरगंजस्थित महाबाणिज्य दुत आषुतोष अग्रवालले भारतको राष्टिय झण्डाको झण्डोत्तोलन गरेका थिए । अग्रवालले गणतन्त्र दिवसको अवसरमा भारतीय राष्टपति श्रीमती प्रतिभा पाटीलले आफनो राष्टको नाममा गरेको सम्बोधनलाई पढेर सुनाएका थिए । अग्रवालले भारतले आजैको दिनमा नया भारतको संविधान लेखेको सम्झना गर्दै, नेपाल पनि यतिवेला स्थायित्व, बहुदलीय, लोकतन्त्र, समावेशिता र समृद्धि सुनिश्चित गर्नको लागि नया संविधान लेख्ने महान ऐतिहासिक कार्यमा जुटेका नेपालीहरुलाई सफलताको शुभकामना दिएका थिए ।
गणतन्त्र दिवसको अवसरमा भारत सरकारको तर्फयस क्षेत्र अन्तर्गत रहेका विभिन्न संस्थालाई ५ थान एम्बुलेन्स प्रदान गरेको छ । गाडी प्राप्त गर्ने संस्थाहरुमा सर्लाही जिल्ला अस्पताल मलगंवा, नेपाल मुस्लिम समाज जनकपुर, धनुषा, बसामाडी उप स्वास्थ्य चौकी मकवानपुर, जितपुर उप स्वास्थ्य चौकी बारा र भारतीय भूतपूर्व सैनिक संघ पिठुवा चितवन रहेको छ ।
समारोहमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, स्थानिय प्रहरी प्रशासन प्रमुख, उधोगी ब्यवसायी, स्थानीय सञ्चारकर्मीहरुको साथै यस क्षेत्रमा बसोबास गर्ने भारतीय नागरिकको पनि उल्लेखनिय उपस्थिती रहेको थियो । गणतन्त्र दिवसको अवसरमा बीरगंजस्थित दिल्ली पब्लिक स्कुल र डिएभी केडिया स्कुलका विद्यार्थीहरुले भारतीय राष्टिय गीत गाएका थिए ।
बीरगंज ११ माघ
वडा प्रहरी कार्यालय विर्ताले बीरगंजको महाविरस्थान नजिकबाट करिव १० लाख रुपैया बराबरको अवैद्य पान मसाला बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी निरिक्षक सुजन जोशीको नेतृत्वमा गएको टोलीले महाविरस्थानस्थित संजिव गुप्ताको गोदाममा छापामारी गर्दा रकम बराबरको पान मसाला बरामद भएको हो । गुप्ताले विभिन्न समयमा भन्सार छली ल्याएर लुकाई राखेको अवस्थामा भारतीय पान मसाला बरामद भएको थियो । बरामद भएको पानमसालामा रजनिगन्धा, तुलसी र पानवहार गरी १७ कार्टुन रहेका प्रहरी निरिक्षक जोशीले बताएका छन् ।
बरामद भएको पानमसालाको अन्दाजी मुल्य करिव १० लाख रुपैया पर्ने प्रहरी निरिक्षक जोशीले जानकारी गराएका छन् । गोदाम संचालक भने पक्राउ नपरेको प्रहरी निरिक्षक जोशीले बताए ।
बीरगंज ११ माघ
वडा प्रहरी कार्यालय विर्ताले बीरगंजको महाविरस्थान नजिकबाट करिव १० लाख रुपैया बराबरको अवैद्य पान मसाला बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी निरिक्षक सुजन जोशीको नेतृत्वमा गएको टोलीले महाविरस्थानस्थित संजिव गुप्ताको गोदाममा छापामारी गर्दा रकम बराबरको पान मसाला बरामद भएको हो । गुप्ताले विभिन्न समयमा भन्सार छली ल्याएर लुकाई राखेको अवस्थामा भारतीय पान मसाला बरामद भएको थियो । बरामद भएको पानमसालामा रजनिगन्धा, तुलसी र पानवहार गरी १७ कार्टुन रहेका प्रहरी निरिक्षक जोशीले बताएका छन् ।
बरामद भएको पानमसालाको अन्दाजी मुल्य करिव १० लाख रुपैया पर्ने प्रहरी निरिक्षक जोशीले जानकारी गराएका छन् । गोदाम संचालक भने पक्राउ नपरेको प्रहरी निरिक्षक जोशीले बताए ।

बीरगंज १० माघ
नेपाल सशस्त्र प्रहरीका प्रहरी महानिरिक्षक शैलेन्द्र श्रेष्ठले आज बीरगंज भन्सार कार्यालयस्थित राजश्व तथा भन्सार सशस्त्र प्रहरीको सुरक्षा बेसमा पुगी सबैभन्दा पहिले आफनो कामलाई प्राथमिकता दिनु भनेर आदेश दिएका छन् ।
बारा र पर्साको सीमा तथा भन्सार सुरक्षाको अनुगमनको लागि आजै बीरगंज आइपुगेका महानिरिक्षक श्रेष्ठले भन्सारमा राजश्व र सुरक्षाको लागि खटेका आफना जवानहरुलाई यस्तो आदेश दिएका हुन । साधन र स्रोत भनेको हामी फौजीको लागि दोस्रो कुरा हो भन्दै, हाम्रो लागि पहिलो कुरो आफनो काम प्रतिको दायित्व हुनु पर्छ भनेर बताए ।
बाराको बरियारपुरस्थित गढीमाई मन्दिरको दर्शन पश्चात बारा सीमा सुरक्षा कार्यालयको अनुगमन गरी बीरगंज भन्सार कार्यालय पुगेका महानिरिक्षक श्रेष्ठलाई बीरगंज भन्सार कार्यालयका निमित्त प्रमुख रामहरी अर्यालले सशस्त्र प्रहरीको सहयोगकै कारण यतिवेला बीरगंज भन्सार कार्यालयले लक्ष्यभन्दा करिव २ प्रतिशत बढी राजश्व संकलन गरेको जानकारी गराए ।
उनले अबको दिनमा बीरगंज भन्सार कार्यालय, नेपाल सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा एकद्धार प्रणालि अर्न्तर्गत अघि बढन सके राजश्वमा बृद्धि भई, सेवाग्राहीलाई समेत सजिलो हुने धारणा राखेका थिए । साथै बि.ओ.पि. र छोटी भन्सारको समन्वयको कमिले गर्दा भन्सार र बेस क्याम्प दुबैलाई काम गर्न गाहो भएको जानकारी गराए ।
यसबारेमा सशस्त्रका महानिरिक्षक श्रेष्ठले हाम्रो संगठनको उद्धेश्य भनेकै विस्थापितलाई स्थापित गर्ने भएकोले, सबै निकाय मिलेर अनौपचारिक र औपचारिक बैठक र छलफल गर्नु पर्नेमा जोड दिएका छन् ।
करिव आधा घण्टासम्म चलेको सो छलफलमा बाराको पथलैयास्थित रुद्ध वाहिनीका वाहिनीपति शुशिल कुमार श्रेष्ठ, पर्साका एसपी रमेश खरेल र सीसुका पर्साका एसपी कृष्णभक्त ब्रहृमाचार्य समेतको उपस्थिती रहेको थियो ।

बीरगंज १० माघ
राष्टिय बाणिज्य बैंक क्षेत्रीय कार्यालय नारायणी जनकपुरले आफनो ४७ औं बार्षिकोत्सव भब्यताका साथ सम्पन्न गरेको छ ।
क्षेत्रीय कार्यालयले आफनै प्रागंणमा आयोजना गरेको ४७ औं बार्षिकोत्सव समारोहको उदघाटन गर्दै नेपाल राष्ट बैंक बीरगंजका मुख्य ब्यवस्थापक उपेन्द्र कुमार पौडेलले विगतका दिनमा जस्तो परम्परागतशैलीमा बैंक संचालन गरेर नहुनेमा जोड दिएका छन् । प्रमुख अतिथीको आसनबाट बोल्दै पौडेलले यतिवेला नेपालमा करिव २ वटा बित्तिय संस्थाहरुले वित्तिय कारोवार गरिरहेको जानकारी गराउदै, यसको लागि प्रत्येक बैंकले बैंकको केन्द्रीय कार्यालयले जारी गरेको नीति निर्देशन अनुसार संचालन गर्नु पर्नेमा जोड दिए ।
बैंकमा रहेको संस्थागत कुशासनलाई हटाएर संस्थागत सशासन कायम नगरेसम्म न जनताले पत्याउछ न सहयोगी संस्थाले पत्याउछ । त्यसैले एकदमै आधुनिक तर पारदर्शिरुपमा बैंक संचालन गर्नमा जोड दिदै, बाणिज्य बैंकको १३४ वटा शाखाहरुमध्ये करिव ६ वटा उत्कृष्ठ शाखा यसै क्षेत्रीय कार्यालय अर्न्तर्गत परेकोमा बधाई समेत दिए ।
क्षेत्रीय प्रवन्धक अमरेन्द्र देवको सभापतित्वमा सम्पन्न बार्षिकोत्सव समारोहमा उधोगपति महेन्द्र बहादुर अमात्य, बीरगंज प्रवन्धक कृष्णानन्द झा, नायव मुख्य अधिकृत कालिचरण बस्नेत, पूर्व कर्मचारीको तर्फाट सुरेन्द्र बहादुर श्रेष्ठ र पत्रकार राजु श्रेष्ठले शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा विभिन्न खेलकुदमा बिजयी भएका बिजेताहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । पुरस्कार प्राप्त गर्नेमा श्रीमती रोशना श्रेष्ठ, कमला बास्कोटा, मञ्जु अधिकारी, अशोक श्रेष्ठ र अकलेश गिरी रहेका थिए । कार्यक्रमको संचालन बरुण कुमार कर्णले गरेको कार्यक्रममा महेन्द्रदेव ठकु र कालिचरण बस्नेतल शुभकामना कविता बाचन गरेका थिए ।










